राष्ट्रिय युवासंघ नेपालको विशेष प्रदेश अधिवेशन सम्पन्न

भक्तपुर । राष्ट्रिय युवासंघ नेपाल विशेष प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुजन घिमिरेको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । घिमिरे यसअघि अधिवेशन आयोजक कमिटीका संयोजक रहेका थिए ।

अधिवेशनले उपाध्यक्षमा अमित मगर, सचिवमा रोमन काफ्ले, सहसचिवमा सनम सिंह ठकुरी, सहसचिवमा रवीन्द्र गौतमलाई निर्वाचित गरेको छ । प्रथम अधिवेशनले कोषाध्यक्षमा मदनप्रकाश कटुवाललाई निर्वाचित गरेको छ ।

अधिवेशनको उद्घाटन पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गरेका थिए । उद्घाटन सत्रमा एमालेका स्थायी कमिटी सदस्य, पूर्व मन्त्री भानुभक्त ढकाल, युवासंघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री महेश बस्नेत, युवासंघका केन्द्रिय अध्यक्ष क्षितिज थेबे, महासचिव सुमन पुरी,डिल्ली लिंदेन लगायतका नेताहरूले अधिवेशनको शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.