सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भार घट्यो

काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जा तथा रियल स्टेट कर्जाको जोखिम भार घटेको छ । चालु आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले जोखिम भार घटाएको हो ।

५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत रहेको जोखिम भारलाई घटाएर राष्ट्र बैंकले १२५ प्रतिशत कायम गरेको छ ।

५० लाखसम्मको कर्जामा यसअघि नै १०० प्रतिशत जोखिम भार कायम गरिएको छ । रियल स्टेट कर्जा लगायको जग्गाको विकास कर्जाका लागि पनि जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.