आजबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक, विधानमाथि छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सातौं बैठक बुधबारबाट सुरू हुँदैछ । केन्द्रीय कमिटीको बैठक तीन दिन चल्ने बताइएको छ । ललितपुरको बालकुमारीमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । केन्द्रीय कमिटीको बैठकमा मूलतः विधानमाथि छलफल छ । विधानमाथि छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको सचिवालयका एक नेताले काभ्रेपोस्ट लाई बताए । विधान मस्यौदामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने जनाइएको छ ।

एकीकृत समाजवादीले जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्दैछ । त्यसका लागि विधानको मस्यौदा बनाएर छलफल चलाइरहेको हो । एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भूसाल, उपमहासचिव प्रकाश ज्वाला रहेको समिति बनाएको थियो।

७० औं सचिवालय बैठक बसेर विधानमाथि प्रारम्भिक छलफल गरिसकेको छ । अहिले केन्द्रीय कमिटीमा लैजान लागेको प्रस्तावमा पार्टीको कार्यकारिणी कमिटीमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छैन । निर्वाचन आयोगमा बुझाएको विधानमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएकामा त्यो हटाइएको छ । केन्द्रीय कमिटी बैठकपछि माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद् बैठकमा पनि विधानबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.