२३औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

काठमाडौं । देशकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण आगामी माघ ९ देखि सुरु हुने भएको छ ।

आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ती मार्फत जानकारी गराउँदै प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म हुने जानकारी दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको लागि सहारा क्लवलाई उक्त मितिमा स्विकृती समेत प्रदान गरेको छ ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ उक्त खेलको तयारी गरिएको आयोजकले जनाएको छ ।

यसअघि भएको २२औं संस्करणको उपाधि संकटा क्लब काठमाण्डौंले जितेको थियो ।

२०५५ सालमा स्थापित सहारा क्लबले २३ वर्षदेखि निरन्तर रुपमा आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.