सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । तोलामा १३ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार घटेको छ । शुक्रबार तोलामा १३ सय रुपैयाँले सुनको मूल्य घटेको हो । छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य पनि बढेर १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको थियो । बिहीबार प्रतितोला १५ रुपैयाँले बढेको चाँदीको मूल्य शुक्रबार ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहको छ ।

बिहीबार चाँदीको मूल्य प्रति तोला १४९० रुपैयाँ पुगेको थियो । १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ४८० रुपैयाँ पुगेको छ । तेजावी सुन १० ग्रामको मूल्य १ लाख २ हजार ९६५ रुपैयाँ पुगेको हो । चाँदी १० ग्रामको मूल्य १ हजार २४७ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.