हेटौंडामा ७ मुख्यमन्त्री

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नुअघि ७ वटै प्रदेशका मुख्यमन्त्रीहरू एकठाउँमा भेला भएका छन् । आज शुक्रबार हेटौंडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक बसेर प्रधानमन्त्रीसँग राखिने मागहरूका बारेमा छलफल भएको हो ।

संविधान निर्माण भएको ८ वर्षसम्म पनि संघीयता कार्यान्वयनमा आउन नसकेको बारे छलफल भएको जनाइएको छ । संविधान बनेको ८ वर्ष भइसक्यो तर पनि संघीयता कार्यान्वयनमा आउन सकेको छैन । संघ सरकारले स्थानीय तह र प्रदेशलाई संविधानमै दिएको अधिकार पनि कार्यान्वयन नगरेको विषयमा छलफल गरिरहेको छौ । एक मुख्यमन्त्रीले भने ।

शनिबार बिहान मुख्यमन्त्रीहरूले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्दैछन् । उनीहरूले प्रधानमन्त्रीलाई संघीयता कार्यान्वयनका लागि जतिसक्दो चाँडो पहल गर्न पनि आग्रह गर्ने छन । अहिले पनि संघ सरकारको नियत राम्रो नदेखिएको मुख्यमन्त्रीहरूको आरोप छ । अहिलेसम्म प्रदेश प्रहरी समायोजन लगायतका कुराहरूमा सरकारले ध्यान दिएको छैन, अधिकार प्रत्यायोजित लगायत बिषय कुराहरु प्रधानमन्त्रीलाई राख्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.