बनेपाका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

बनेपा । बनेपा नगरपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने भएको छ ।

६० वर्षभन्दा माथिका दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने नगरपालिकाले जनाएको छ ।

१४ वटै वडामा स्वास्थ्य शिविर गरेर कृत्रिम दाँत निःशुल्क राखिदिने भन्दै नगरपालिकाले सूचना जारी गरेको छ ।

नगरपालिकाले पहिले सबै वडाको स्वास्थ्य सेवा केन्द्र मार्फत सेवाग्राहीलाई शिविर मार्फत छनोट गरेर निःशुल्क दाँत हालिदिने जनाएको छ ।

‘स्वास्थ्यकर्मीको टोलीले वडाको स्वास्थ्य सेवा केन्द्रबाट सेवाग्राहीलाई कस्तो दाँत चाहिन्छ, राख्न मिल्छ कि मिल्दैन, कतिवटा दाँत चाहिन्छ भनेर संकलन गरेर ल्याउँछन् । नगरपालिकाले सोही अनुसार टेण्डर गरी दाँत राख्न अस्पताल वा स्वास्थ्य संस्था मार्फत दाँत राखिदिने जनाइएको छ ।

बनेपाका स्थायी बासिन्दालाई प्रवाह हुने यो सेवाको लागि १८ पुसमा एक नम्बर वडाबाट शिविर सुरु भएर ७ मागमा १४ नं. वडामा पुगेर सकिने नगरपालिका स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.