विपद्को समयमा नागरिकलाई तत्काल राहत दिने गरि काम गर्छौं: प्रजिअ शर्मा

धुलिखेल । जिल्ला विपद व्यवस्थापन समतिको बैठकलाई सम्बोधन गर्दै समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद्को समयमा नागरिकलाई तत्काल राहत दिने बताइन् । प्रजिअ शर्माले चिसोको जोखिममा पर्न सक्ने विपन्न समुदायको विवरण स्थानीय तहका जनप्रतिनिधहरुलाई आग्रह समेत गरिन् । जिल्ला विपद् कोषमा हाल १ करोड ९३ लाख रकम मौज्दात रहेको कार्यक्रममा जानकारी दिइयो । विपद्मा परेका परिवारलाई ५ जनासम्मको परिवारलाई प्रति परिवार १५ हजार र ५ जना भन्दा बढीको परिवार भएमा प्रतिपरिवार २० नगद राहत उपलब्ध गराउने प्रजिअ शर्माले जानकारी दिइन् ।

जिल्ला विपद व्यवस्थापन समितिले आगामी माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउने भएको छ । कार्यक्रम जिल्ला स्तरिय रुपमा गर्ने साथै स्थानीय सरकारहरुलाई समेत दिवस मनाउन अनुरोध गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । जिल्लामा आत्महत्या, दुर्घटना, मौसमी विपत्ती जोखिम न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतले जिल्लामा सञ्चालन हुने एम्बुलेन्समा जि पि एस अनिवार्य गर्नुपर्ने बताए । बढ्दो सवारी दुर्घटनातर्फ इङ्कित गर्दै गौतमले शिक्षित जनसंख्या बढेपनि गएको कहालीलाग्दो घटनाहरु बढ्दै गएको बताउँदैले शिक्षितलाई चेतनामूलक कार्यक्रमको खाँचो औल्याए । साथै पछिल्लो समय विद्यालयमा भएका दुव्र्यवहारको घटना न्यूनीकरण गर्नका लागि अभिमूखीकरण गर्नुपर्ने जिसस प्रमुख गौतमले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भाग्येन्द्र पुरुष ढकालले जिल्लामा अघिल्लो आ.व.मा र चालु आर्थिक वर्षमा भएका विपदमा भएको मानवीय र भौतिक क्षतिको विवरण जानकारी गराए । आर्थिक वर्ष २०८०÷८१ मा अहिलेसम्म ३ जनाको मृत्यु र ५ जना घाइते भएको काभ्रे प्रहरी प्रमुख ढकालले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा सडक दुर्घटनाबाट २० जनाको मृत्यु, १६४ घाइते, आत्महत्या ९० जनाले गरेका थिए । विष प्रयोगलाई घटाउने वा कडाई गर्न सके आत्महत्याका घटनाहरु न्यूनीकरण गर्न सकिने ढकाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्लामा ४९ वटा युनिटबाट सेवा प्रवाह गरिएको छ ।

कार्यक्रममा विभिन्न स्थानीय सरकारका प्रमुख÷उपप्रमुख, प्रशासकीय प्रमुख एवं प्रतिनिधिहरुले आफ्नो पालिकाको विपत् जोखिम र त्यसको तयारी र स्थानीय स्तरमा भएका प्रयास एवं उपलब्धिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा धुलिखेल अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले एम्बुलेन्सको बारेमा प्रस्तुती दिएका थिए । त्यसैगरि स्वास्थ्य कार्यालय काभ्रेकी जनस्वास्थ्य अधिकृत सिर्जना अधिकारीले एम्बुलेन्सको निर्देशिका प्रस्तुत गरेकी थिइन् । अधिकारीले काभ्रेमा ३९ वटा एम्बुलेन्स रहेको जानकारी दिइन् ।

काभ्रेमा यस अघि बसेको बैठकले काभ्रेमा रहेका एम्बलेन्सको अवस्था, वर्ग र समस्याका बारेमा सत्यतथ्य अवस्था पत्ता लगाउन छानविन समिति गठन गरिसकेको छ । समिति जिल्ला स्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा धुलिखेल अस्पताल, मेथिनकोट र सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुख रहने गरि ४ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले आगामी ३ हप्ताभित्र प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समति समक्ष पेस गर्नेछ ।

 

कार्यक्रममा जिसस उपप्रमुख रिम बहादुर तामाङ, जिसस पदाधिकारीहरु, स्थानीय तहका प्रमुख उपप्रमुख, प्रशासकीय अधिकृत, जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघ केन्द्रिय सदस्य मञ्जु कोजु, उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसछें, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी काभ्रेका अध्यक्ष, विभिन्न शाखाका प्रतिनिधिहरु, पत्रकार एवं सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.