जिल्लाकै उत्कृष्ट ‍‌‘लोटस इभेन्ट एण्ड रिसेप्सन’ संचालनमा

बनेपा । देशकै पहिलो आइटी पार्क एवं हालको सुरक्षण मुद्रण केन्द्रको पारिपट्टि लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. सञ्चालनमा आएको छ । काभ्रे जिल्लाकै उत्कृष्ट इभेन्ट म्यानेजमेन्ट भेन्युको रुपमा परिचित गराउन कम्पनीले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।

जिल्लाकै एक उत्कृष्ट, गुणस्तरीय कार्यक्रम सञ्चालन स्थल जहाँ सभासम्मेलन, गोष्ठी, मेलाजस्ता लगायतका कार्यक्रम आयोजना गर्ने उपयुक्त गन्तव्य बनाउने उद्देश्य रहेको सञ्चालक रामईन्द्र न्यौपानेले जानकारी दिए ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ बाट सञ्चालित भेन्यु जिल्लाकै हालसम्मकै ठुलो भेन्यु भएको संचालकको दाबी छ । करिब २ हजार ५ सय भन्दा धेरैलाई एकैपटक सेवा उपलब्ध गराउन सक्ने गरी लोटस इभेन्ट रिसेप्सन प्रा.लि. संचालनमा ल्याइएको संचालक न्यौपानेले बताए ।

जिल्लामा जन्म लिई विभिन्न पेशा व्यवसायमा अब्बल सावित रहँदै सम्बन्धित विषयमा लामो समय अध्ययन र अनुभव पश्चात सोही क्षेत्र गृह जिल्लामा नै केही गर्नुपर्ने दृढ विश्वासका साथ सामूहिक रुपमा आवद्धता भई उक्त कम्पनीको परिकल्पना गरेको संस्थापकले बताए । करिब ९ रोपनी क्षेत्रफलमा नेपाली मौलिक कलासंस्कृति झल्कने १०,००० वर्गफीटको सुविधा सम्पन्न हल तथा सबै संरचनाहरु भुकम्प प्रतिरोधीविधि, बालमैत्रीपुर्ण, अपांगमैत्री रुपमा तयार गरिएको बताइएको छ ।

लोटसमा विभिन्न जात जातिका धर्म, संस्कृतिमा आधारित सेवाग्राहीहरुको आवश्यकता अनुसारका सप्पूर्ण सेवाहरु निमन्त्रणा कार्ड, फोटोग्राफी, भिडियो र स्टिल क्यामेरा, ब्याण्ड बाजा, पुरोहित, ड्रेस डिजाईन, मेक अप आर्टिस्ट लगायतका सेवा समेत आवश्यकता अनुसार उपलब्ध गराइने सञ्चालक न्यौपानेले जानकारी दिए । सबै सुविधासहित कार्यक्रम सञ्चालन गर्न मिल्ने यो भेन्यु काभ्रे जिल्लाको परिप्रेक्ष्मा पहिलो हो । भेन्युमा एकैसाथ १०० वटा कार तथा जीप र २०० वटा मोटरसाईकल पार्किङ्ग क्षमता रहेको छ ।

सेवा लिएका हालसम्मका सेवाग्राहीहरुले अत्यन्तै सन्तुष्ट रहेका संचालकले बताए । लोटसबाट उपलब्ध सेवा तथा सुविधाहरुबारेमा जानकारी नहुँदा अझै पनि जिल्लाका सेवाग्राहीहरु भक्तपुर, ठिमीसम्म पुगिरहनु भएको अवस्थामा जिल्लाका सेवाग्राहीलाई गुणस्तरिय सेवाका लागि भक्तपुर काठमाडौंसम्म जानुपर्ने बाध्यताको सम्बोधन गरिएको सञ्चालक न्यौपाने बताउँछन् । इभेन्ट म्यानेजमेन्टको सेवा लिन चाहनु हुने सेवाग्राहीहरुले अन्य ठाँउ धाउनुनपर्ने गरि व्यवस्थापन गरिएको सञ्चालकको दाबी छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्षहरु भोला थापा, महेश पौडेल र निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिनाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्तरक्रिया गर्दै पत्रकारहरूले गुणस्तरमा सम्झौता नगर्न र गुणस्तरियतालाई निरन्तरता दिन सुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.