धुलिखेलमा सरकारी अनलाइन भुक्तानी सेवा सुरु

धुलिखेल । धुलिखेल नगरपालिकामा सरकारी भुक्तानी सेवा सुरु भएको छ । महालेखा नियन्त्रक कार्यालयबाट स्थानीय तहका लागि मान्यताप्राप्त भुक्तानी प्रणालीको सुरुवात धुलिखेलमा भएको हो । महालेखाले स्थानीय संचित कोष व्यवस्थापन प्रणाली एबं राजश्व संकलन मोडल धुलिखेल नगरपालिकामा सुरु गरेको हो ।

नगरबासीहरुको विभिन्न शीषर्ककको राजस्व उक्त सेवाबाट भुक्तानी हुने भए पछि नगरपालिकामा धाउनु पर्ने अवस्था नरहने नगरप्रमुख अशोक व्याञ्जुले बताए । करदाताले आफ्नो व्यक्तिगत तथा भूमि (जग्गा), व्यवसाय, बहाल, सवारी साधन लगायत तिर्नुपर्ने कर कनेक्ट आइपीएस, क्युआर कोड, मोबाइल वालेट लगायत अनलाइन माध्यमबाट नगरमा बुझाउन मिल्ने व्यवस्था सुरु गरिएको हो । नगरपालिकामा तिर्नुपर्ने कर अनलाइनबाटै मिल्ने सुविधा पहिले नै सुरु भएपनि सरकारी सफ्टवेयर मार्फत स्थानीय सरकारको कर तिर्न मिल्ने सुविधा सुरु भएको यो पहिलो पल्ट हो ।

धुलिखेल नगरपालिकामा देशका ७ सय ५३ पालिकाहरुमध्ये पहिलो पटक यस सुविधाको शभारम्भ भएको नगरपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० धुलिखेलबाट नै शुरु भएको स्थानीय तह संचितकोष ब्यवस्थापन प्रणाली (सुत्र) अन्र्तगतको मोडल अहिले देशभरका ५ सय ३३ स्थानीय तहमा सञ्चालन भइरहेका छन् । करदाताले सहज रुपमा राजश्व तिर्न÷बुझाउन एवं विवरण भर्न मिल्ने गरी उक्त मोडलसँग आवद्ध भएको स्थानीय तह राजश्व पोर्टल समेत महालेखा नियन्त्रकको कार्यालयबाट विकास भई परीक्षण सम्पन्न भएको छ ।

धुलिखेल नगरपालिकाले उक्त सेवा वडा कार्यालयमा समेत सुचारु गर्न केहि वडा सचिव र राजस्व शाखामा कार्यरत कर्मचारीहरुलाई तालिममा पठाएको जनाएको छ । उनिहरुले तालिम लिएर फर्किए लगत्तै नगरपालिकाका सबै वडाहरुमा उक्त सेवा प्रारम्भ हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले बताए । सबै प्रकारका करहरु तिर्नेमात्र नभई अनलाईन पोर्टलबाट नै आवश्यक कागजात अपलोड गर्न सकिने नगरपालिकाले जनाएको छ । नेपाल सरकारले आफ्नै सफटवेयर निर्माण गरी सेवा प्रारम्भ गरेको यो पहिलो हो । उक्त सफटवेयर निर्माण हुनु अघि नीजि क्षेत्रबाट निर्मित सफटवेयरबाट सरकारले राजश्व संकलन सम्वन्धी कार्य गर्दै आएको थियो । क्युआर स्क्यान मार्फत भुक्तानी गर्न सकिने यो खालको प्रविधिले अनलाइन भुक्तानी प्रणालीमा स्थानीय तहलाई प्रविधिमैत्री बनाउन नयाँ आयाम दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.