मानव स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने कटन क्यान्डी नखान आग्रह

बनेपा । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सडकपेटी, मेला, सहर एवं देशका विभिन्न क्षेत्रमा विक्री भइरहेको अखाद्य रंगीचंगी कटन क्यान्डी नखान आग्रह गरेको छ ।

जसमा मानव स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्ग रोडामाइन बी को प्रयोग भएको विभागको प्रयोगशाला जाँच विश्लेषणबाट देखिन आएको छ । विभागले भनेको छ `अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा कटन क्यान्डी बिक्री वितरण , उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिनु हुन सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध गर्दछौँ ।’

यसका साथै यस प्रकारको अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न उत्पादक कम्पनीलाई विभागले सूचित गरेको छ । सूचनाको बरखिलाफ गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.