कामपाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार शिक्षा बिभाग प्रमुख कोइराला लगायत बिशिष्ट कर्मचारीले गरे स्वागत

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले पद बहाली गर्नुभएको छ । मन्त्री परिषदको माघ ३ गतेको निर्णय अनुसार परियारलाई राष्ट्रिय योजना आयोगबाट काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको हो । प्रमुख प्रशासकीय अधिकृत परियारलाई महानगर शिक्षा बिभाग प्रमुख सिताराम कोइराला,  महानगरका बिभागिय प्रमुखहरु, कर्मचारीहरूले स्वागत गरेका थिए ।

पदवहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा नवनियुक्त कार्यकारी परिवारले महानगरको वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर लक्ष्य हाँसिल गर्नेगरी कार्य सम्पादन गर्न महानगर मातहतका बिभागहरु लागि पर्नु पर्ने बताउनुभयो । ‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामी सबैले मिलेर लक्ष्य प्राप्तिको काम गर्नुपर्छ।´ उहाँको भनाई थियो।

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा धेरै काम गर्न बाकी रहेकाले काठमाडौँ महानगरले अझ धेरै काम गर्नु पर्ने बताउँदै उहाँले महानगरले अघि सारेका गौरब र स्वर्णिम योजनालाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी संयन्त्रले प्रभावकारी रुपमा कार्य सम्पादन गरेर महानगर वासीलाई बिश्वास दिलाउन सक्नुपर्छ । उहाँको भनाइ थियो ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय लगायत कार्यालयमा काम गर्नुभएका परियारले काठमाडौं महानगरमा मेयर बालेनको सपना साकार हुनेगरी काम गर्नेछन् भन्ने बिश्वास महानगरवासीले लिएका छन ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्य पालिका बैठकको निर्णय बिपरित कार्य गरेको भन्दै महानगर प्रवेशमा रोक लगाएका थिए । महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.