खल्ती सुरुवातको ७ वर्ष पूरा, उत्कृष्ट वित्तीय प्लेटफर्म बन्ने प्रतिबद्दता

काठमाडौं । डिजिटल वालेट स्थापनाको ७ वर्ष पूरा गरेर ८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मा मोबाइल टपअप र बिल भुक्तानीजस्ता सुविधाबाट डिजिटल कारोबार सुरु गरेको खल्तीले अहिले विभिन्न कार्यक्रमको टिकट विक्री, खानेपानी, हवाई टिकट, सरकारी सेवामा अनलाईन भुक्तानीसम्मको सेवा प्रवाह गर्दै आइरहेको छ ।

खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ २७००१ः२०१३ प्रमाणीकरण प्राप्त गरेको छ भने हालै नेपाल क्लियरिङ हाउस लिमिटेडबाट देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मान पाएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्काले अबको कम्पनीको प्रतिबद्धता खल्तीलाई फाइनान्सियल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नभई लगानी तथा आफ्नो वित्तीय व्यवस्थापन गर्ने प्लेटफर्मको रुपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थपिने बताए ।

सातौं वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघदेखि १८ माघ अवधिभर पहिलो बैङ्क लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई रु. ७७ को क्याशब्याक अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर सार्वजनिक गरेको छ । यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा दाहिनेतिर स्वाइप गरी तोकिएको  भुक्तानी र तोकिएको प्रक्रिया पछ्याई खल्ती पोइन्टका साथै कुपन, उपहार र खल्ती नगद लगायतका उपहार जित्न सक्नेछन् ।

खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘ योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ। यसका लागी खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण , खल्ती सुरक्षा , इभेन्ट टिकटिङ , भोटिङ , मुभी टिकटिङ , ‘खल्ती प्रो’ , ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ। आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने कुरा बताएको छ।

सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ देखि १८ माघ (७ दिन) को अवधि भर पहिलो बैकं लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई रू ७७ को क्यासब्याक को अफर उपलब्ध गराएको छ ।
साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो ७ औँ वार्षिकोत्सव कै उपलक्ष्यमा  उपलब्ध गराएको छ।

खल्तीका कार्यकारी अधिकृतखड्काले  प्रतिबद्धता अनुसार खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने उद्धेश्य अनुरूप खल्तीलाई भुक्तानी मात्र नबभई लगानी तथा आफ्नो वित्तीय व्यवस्थापन गर्ने प्लेटफर्मको रुपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.