नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ५ हजार ६ सय कित्ता सेयर जारी गर्ने तयारी गरेको जनाएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्तिसम्बन्धी भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सानराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

नेपाल पेमेन्ट सोलुसन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा इजाजतपत्र प्राप्त संस्था हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.