बागमती प्रदेशमा ११ सयभन्दा बढी कर्मचारी माग

बनेपा । बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको छ ।

विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको आधिककारिक वेबसाइटमा प्रकाशन गरिएको छ । प्रदेश लोकसेवाले माग गरेको दरखास्त दिएपश्चात माघ २८ गतेसम्म शुल्क बुझाइसक्नुपर्ने जनाएको छ ।

विस्तृत जानकारी र आवेदनको लागि प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको आधिकारिक वेवसाइटमा लगइन गर्नुहोस्ः

आवेदन दिन यहाँ थिच्नुहोस्ः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.