आत्मनिर्भरमुखी कृषि उत्पादनका लागि राज्यले नीतिगत ब्यवस्था बनाउन जरुरी : पुर्व मन्त्री बास्कोटा

बनेपा । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बनेपाको नगर सम्मेलन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले रोजी र रोटीसँग जोडिएको कृषि ब्यवसायमा देखिएका समस्या समाधानका लागि नीतिगत ब्यवस्था गरिनु पर्ने बताए । आत्मनिर्भरमुखी कृषि उत्पादनका लागि राज्यले नीतिगत ब्यवस्था नगर्दा सम्म सुख र समृद्धी हाँसिल नहुने बाँस्कोटाको तर्क थियो ।

सरकारले प्रदान गर्ने अनुदान ब्यवसायिक समुहले हात पार्ने र केहि समयमै कृषि तथा ब्यवसायीक पशुपालनबाट समेत पलायन हुने क्रम बढेकाले बास्तविक कृषि र कृषकहरुसम्म आईपुग्ने गरी अनुदान तथा सहयोग हस्तान्तरण गर्न कठिन रहेको पुर्व मन्त्री बास्कोटाले बताए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य विदुर हुमागाईले कृषकहरुका तमाम समस्यामा राज्य उदासिन बन्दै गएको बताए । रासायनिक मल, प्रविधि तथा अनुदानमा समानुपातिक वितरण नहुँदा कृषकहरु समस्यामा परेको हुमागाईंले बताए । कृषि उपज भण्डारण गर्न सक्ने कोल्ड स्टोर, राज्यका निकायको संरक्षण तथा सहयोग हुन नसकेको उनले बताए ।

कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकारले कृषकहरुका लागि उत्पादन र उत्पादन पछिको सहज बजारका लागि तीन तहकै सरकारबाट नीति सहितका कार्यक्रम लागु गरिनु पर्ने बताए ।

बनेपा नगरपालिका उपप्रमुख सहित रहेकी अनेमसंघ काभ्रेकी अध्यक्ष विमला सापकोटाले कृषकहरुलाई वितरण गरिने अनुदान सहि ठाउँमा हुन नसकेको बताईन् । बनेपा नगरपालिकामा एमालेकै पहलमा सबै कृषकहरुले पालेका पशुहरुको निशुल्क विमा शुरु गरिएको बताउँदै सापकोटाले किसानलाई वितरणमुखी भन्दा उत्पादनमुखी कार्यमा संलग्न गर्ने गरी कार्यक्रम शुरु गरिएको बताईन् । बनेपालाई आवश्यक मात्रामा रासायनिक मलको कोटा नभएको बताउँदै सापकोटाले तत्काल त्यसको पुर्नबर्गिकरण गर्न अनुरोध गरेको बताईन् ।

कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटी सदस्यहरु हरिशरण दाहाल, कुमार तिमल्सिना, जिल्ला कमिटी सचिवालय सदस्य रामशरण दाहाल, नगरपालिकाका वडाध्यक्षहरू, अखिल नेपाल किसान महासंघ जिल्ला सचिव मुकुन्द लामिछाने, पुर्व वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरु, नगर कमिटीका पदाधिकारीहरु, वडा कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम कार्यक्रम जिल्ला कोषाध्यक्ष मनराज महतले संचालन गरेका थिए । कार्यक्रममा बोल्दै खिल नेपाल किसान महासंघ काभ्रेका अध्यक्ष श्याम सुन्दर चौलागाईले जिल्लाका सबै कृषकहरु संगठित गर्दै कृषकहरुको हितका लागि समन्वयकारी भूमिका खेल्दै राज्यका निकायलाई खवरदारी समेत गरिएको बताए । तत्कालै संगठनका सबै कमिटीहरु कृयाशिल बनाउँदै कृषकहरु थप संगठित गराउँदै गएको अध्यक्ष चौलागाईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.