भोलिदेखि धरहरा भवनको पहिलो तलामा निःशुल्क पार्किङ

काठमाडौँ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले सवारी चालकहरूलाई सहज पार्किङ गर्न निःशुल्क पार्किङ सुरु गर्न लागेको जनाएको छ । न्यूरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध पश्चात सवारी चालकको मर्मलाई सम्बोधन गर्न सहज पार्किङ हुने महानगरले विश्वास गरेको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको हो । त्यस क्षेत्रको ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.