मनकारी ब्यक्ति राजोपाध्यायले गरे जुत्ता मोजा बितरण

काठमाडौं । प्रजातान्त्रिक सेनानी स्व. मुकुन्द राज राजोपाध्यायको स्मृतिमा अष्ट्रेलिया बसोवास गर्दै आउनुभएका उहाँका नाति दिमन राज राजोपाध्यायको सहयोगमा काठमाडौं महानगर पालिका- २५ स्थित श्री कृष्णमन्दिर आधारभूत बिद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बिद्यार्थी भाइबहिनीहरुलाई जुत्ता मोजा बितरण गरिएको छ।

Kathmandu metro Krishna mandira school

नेपाल महिला संघ केन्द्रिय सल्लाहकार सिर्जना सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिंहले आफ्ना हजुरबुबाको स्मृतिमा मनकारी मन भएका ब्यक्ति दिमन राज राजोपाध्यायले सामुदायिक बिद्यालयमा पढने आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरीहरुलाई यो जाडोको मौसममा जुत्ता मोजा बितरण गरेरे पुन्यको काम गर्नुभएकोमा उहाँप्रती धन्यवाद व्यक्त गर्नुभयो।

काठमाडौंको केन्द्रमा रहेको यस सामुदायिक बिद्यालयमा बिद्यार्थी उपस्थिति उत्साहजनक रहेको पाउदा खुशी लागेको बताउदै सिंहले अधिकाम्स गरिव परिवारका छोराछोरी पढ्ने यस बिद्यालयलाई आफुले पनि सहयोग गर्ने बताउनु भयो।

कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा बिभागका प्रतिनिधि एवं स्रोत शिक्षक कमल भट्टले निम्न बर्गिय परिवारका बालबालिका पढने सामुदायिक बिद्यालयलाई छनौट गरेर आफू बिदेशमा रहेर पनि आफ्ना हजुरबुबाको स्मृतिमा जाडोको मौसममा बालबालिकाहरुलाई जुत्ता मोजा बितरण गर्नु भएकोमा कामपा शिक्षा बिभागको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

आधारभूत तह ५ कक्षा सम्म यति धेरै बिद्यार्थी भर्ना गराएर शिक्षा दिलाउन बिद्यालय ब्यवस्थापन समिती, शिक्षकहरुले पक्कै पनि अग्रनी भुमिका खेल्नुभएको छ। त्यस प्रती पनि आभार व्यक्त गर्दै बिद्यालयको उन्नति र प्रगतिका लागि स्रोत शिक्षकको नाताले आफू र कामपा शिक्षा बिभाग को सहयोग यस बिद्यालयलाई रहने बताउनुभयो।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवं कामपा २५ वडा अध्यक्ष राजेश डंगोलले मनकारी ब्यक्ति दिमन राज राजोपाध्यायले बिद्यालयलाई माया गरेर बिद्यार्थी भाइबहिनीहरुलाई जुन सहयोग उपलब्ध गराउनुभयो त्यसका लागि बिद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। बिद्यालयलाई अझ राम्रो बनाउन आवश्यक भौतिक सुधार गरेर अगाडी बढाउन आफुले भुमिका निभाउने अध्यक्ष डंगोलले बताउनु भयो।

कार्यक्रममा काठमाडौं महानगरपालिका २५ नं. वडा जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ अभिभावक लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.