मदिरा ………..

एक संघको चुनावी व्यस्तता पछि झमक्क साँझ एक बोत्तल वियर खानुपर्यो भनी रेष्टुरेण्ट छिरेँ । एक प्लेट पाङ्गग्रा र एउटा वियर मागेर मोवाईल खेलाउन शुरु नगर्दै घरबाट फोन आयो । हैन आज पनि थालियो कि के हो ? घर आउनु पर्दैन । अरुबेला त समय छैन छैन, अब छोरीको विदाको बेला पनि छोरी घरपरिवार पनि नचाहिने हो कि के हो ?
मन अमिलो भयो, खाना बनाउने बेला भएर होला, फोन काटिएको थिएन, आवाज आईरहयो उताबाट । हैन तेही रक्सीको काम गर्न नपार व्यापार चौपट भर मान्छे विग्रिसकेँ, राती निंद्रामा पनि कहिले त्यही कुरा ठिकै हो भन्ने, कहिले होईन त्यो कुरा गलत भन्ने । विज्ञापन बन्द गर्नेले व्यापार के खान गर्न दिनुपर्यो ? बेच्न किन दिनुपर्यो ? कि सबै बन्द गर्नु कि सबै खोल्नु ………………….
मामु एकछिन मोवाईल हेरुँ ? छोरीको आवाज आयो ।

उताबाट काटे पनि त हुने नि, जताततै मैले हेर्नुपर्ने, फोन काटियो ।

कुराले वास्तवमै मुटुमै हान्यो ।

दाई, वियर खादैँ गर्नु पाङ्गग्रा एकैछिनमा है ।

ठिक छ भाई, अनि सुन न तिम्रो घर कहाँ ?

दाई अरु पनि अर्डर गर्दै गर्नु न धेरै प्याक छ, अर्डर आउन ढिला हुन्छ ।

एकछिन है…….लु त्यसो भए एउटा आलुजिरा पनि गर न त । पहिला मन अनि बोली सिधै गोजी भित्र पस्यो । अर्डर दिएर एकैछिन आउ ल ? हस दाई ।
फेसबुक चलाउन थालेँ ।

अँ दाई किन आउनु भन्नुभको ? दाई चुरोट पनि ल्याउँ ? पर्दैन भाई । बरु बाहिरबाट रजनी गन्धा ल्याईदेउ न एउटा । ए साँचि यता त बेच्न पाईन्न क्यार नि अहिले ?
हे दाईपनि, बालेनले राम्रै गर्न खोजेको, अस्ति खोली हाले नी ।

मन झन दौडियो । भयो अहिले छोडदेउ न त, जाँदा म आफै किनौला ।

धन्न साईडको टेबल रछ नभए साहुले तिमीलाई मार्थे आज । अनि सुन न कति भयो तिमीले यो रेष्टुरेण्टमा काम गर्न थालेको ?
भयो दाई ५ वर्ष जति ।

अहिले त व्यापार छैन होला है ?

अँ दाई सबैतिर मन्दी भन्छन् अस्तिनी अलिक घटेको थियो ।

…………तैपनि त्यस्तो आकाश पाताल फरक त छैन दाई । सब हल्ला मात्र हो । फेरी दाई रेष्टुरेण्ट, भट्टी भन्ने कुरा खुसीमा पनि ठिक, बेखुसीमा पनि ठिक रछ । पशुपतितिर गएर आएर त कति मान्छे यता छिरेको देख्या छु दाई । बरु कोरोनाको बेला कति दिन तालै ठोक्नुपर्यो, म पनि यहाँ बस्न नसकेर गाउँ गए ।

एक हिसाबले त रमाईलै भयो है दाई कोरोनाको बेला पनि । साचिँ तपाँईको घर चाहिँ कता हो ? दाईसित गफ गर्न थाँले साहुले देख्योभने मार्छ दाई । मान्छे प्याक छन् । भरे यसो टिप्स चाहिँ चाहिन्छ है दाई ।

गोजी सम्झदै मनमनै भनेँ, मापसे परिन्छ भाई, ईनड्राईभरलाई १६० तिरेर बचेछ भने गोजीमा ।

हन प्याक प्याक भन्छौं, कसैको स्पेशल पार्टी छ कि के हो ?

होईन दाई स्वास्थ्य सम्वन्धीको छलफल अरे ।

स्वास्थ्य………. ? मन चोर्न मन लाग्यो । के सम्वन्धी छलफल रछ ?

खोई दाई हामी जस्ता मान्छेलाई के थाहा, वकिलसाब यसो नि भन्दै थे । लागु गराईछाडछु भन्दै थिए ।

ताजुबले सिमा नाघ्यो । श्रीमतीले भनेको सम्झेँ, विज्ञापन बन्द गर्नेले व्यापार के खान गर्न दिनुपर्यो ? बेच्न किन दिनुपर्यो ? कि सबै बन्द गर्नु कि सबै खोल्नु ……….

साँचि अघि कोरोनाको बेला रमाईलो भयो भन्थेउ त, के रमाईलो भयो भाई ?

आ दाई, सबतिर बन्द, गाउँ गईयो, रेष्टुरेण्टमा काम गर्ने मान्छे, चारतिर हिन्न नपाईने । नजिकै एउटी दिदिको पसल थ्यो । ब्रान्डेड कहाँबाट पाउनु, लोकल दाई तर औषधी खाएजस्तो । के भन्नु दाई सब साथिभाई भेट भको । त्यती त ति दिदिले कहिले पनि व्यापार गर्दिनन् दाई । कोरोनाको कमाईले नै बुढो विदेश गको रिन तिरेर एउटा सानो घर बनाईन दाई ।

भाईको गफ झन रमाईलो लाग्यो, मोवाईल गोजीभित्र हाल्न हात घुसारे, मन एकैचोटि युद्ध जितेजस्तो प्रफुल्लित भयो………..अनुहारमा चमक आयो……….

भाई एकछिन के के गरेजस्तो गर्दै गफ गर, साहुले मार्लान् फेरी बरु २०० रुपैयाँ टिप्स पाईहाल्छौ । अनि सुन त पुन्टे वियर छ भने एउटा लेर आउ बरु, काम गरेजस्तो पनि हुन्छ तिमिले । मेरो कुरा सुनेपछि भाई पनि फुरुङ्ग परेर दर्गुदै काउन्टर तिर दौडियो ।

पाङ्गग्राको प्याज गोलभेडा मात्र थियो, कसैले देख्ला कि भनी डराईडराई चाँटे । वियरको बतललाई तेसैगरी गिलासमा निथारे । अँ दाई रछ लिनु , धन्न भाईले देखेन ।

साहुलाई काम देखाउन पुरै स्लो मोसनमा भाई बतल खनाउँदै थिए । मौका छोपिहाँले । अचेल त झन क्लोजिङ्ग र अडिटको बेला, भनेपछि त व्यापार मारामार होला है भाई ?

अँ दाई पुस मा त झन थेगिनसक्नु हुन्छ । छोटा दिन, विहान ४ बजे उठ्नुपर्छ तनाब छ दाई । के के का चुनाव अरे, साधारण सभा, के के हो के के ? एकजना चिनेको अंकल हुनुहुन्थ्यो, बुझनुभो रक्सीको बिल खर्चमा देखाउन पाँईदैन नि भन्दै हुनुहुन्थ्यो, के भनेको हो ? तेसो हो र दाई ?

कुरा अरु नै सुन्न मन थ्यो । अँ हो हो ।

फेरी गोजीको फोन बज्यो, घरबाट ……….अब ज्यान खतरामा छ, लाग भाई, भाईलाई दुईटै भुक्तानी गरेँ ।
दाई वियर त आधि छोडनुभो त ?

अलिअलि मातिएछ जोश नआउने कुरै भएन, भाई हामीले खाने हो नि वियर, उसले हामीलाई खान त दिनु भएन नि ।

गोजीको प्रफुल्लताले ईनड्राईभर बोलाउन मोवाईल रिजार्च गर्ने योजना बन्यो । अलि मास्तिर एउटा स्टेशनरीमा गएर १०० को रिचार्ज गरेँ । एउटा रजनीगन्धाको बुझो मुखमा हाल्दै ईनड्राइभर पर्खदै थिएँ, …….चिनेका साथीहरु…. आ साथी जाउँ एकछिन बसुँ न, के छ जिन्दगीमा मरिलानु, हिडँ आज डबल व्ल्याक हान्नुपर्छ ।

यार मेरो त छोरीलाई अझै ठिक भएको छैन । बरु पर्सी शुक्रबार बसुँ न ।

ल त्यसो भए यार छिटो जानु ।

इर्नड्राईभर आईपुग्यो, जति जान्ने भए पनि अर्काको बाईकको पछाडि बस्नु बन्जी हानेभन्दा गारो लाग्ने । डराएको मनले सोधिहाल्यो, ड्रिक्स त गरेको छैनउ नि भाई ?
हाँ दाईपनि ड्युटीमा हुँदा त कम्पनीले कारवाई गरीहाल्छ नि ।

रकेटमा चढेजस्तो महशुश गर्दै पाटनको गल्ली विचबाट बाटामा रजनीगन्धा चपाँउदै गर्दा मोवाईलको भाइब्रेसन बज्यो, पक्कै घरबाट हो भनी यसो हेरेँ, म्यासेज देँखे । बाबा प्लिज व्रिंग मि अ ड्रइिगं बुक फर होलिडे, स्पेशल वान, वान थाउजेन्ड ईज ईनसाइड प्याकेट है ।

हातखुट्टा फत्रक्क गले । भाई गफ गर्दै थियो, दाई कति मान्छेले त खाको बेला खुसीले यस्तो टिप्स दिन्छन्…………..
………पुग्यो प्रभु रिंगरोड निस्कीगो ।

भाईलाई भनेँ, भाई अघि तल भनेँ तिमिलाई, मेरो एउटा सामान छोरीलाई किन्नु थियो, बरु यहीँ छोडिदेउ ल, नरिसाउँ है पैसा पुरै लेउ बरु । १६० ।

दिनभरी जोतेर थाकेको गोरुभन्दा निम्जो देखिदैँ जानुको विकल्प थिएन, मधुरो बत्तिमा स्टेशनरी जस्तो देखेँ, दाई अलि सस्तो एक डेढ सय जाने ड्रईगं बुक छ त ? ला भाई थियो सबै खाली गर्दिएँ , हेर्नु न केही सामान छैन नि अहिले, यो ठाउँ नै अर्को महिनादेखी रेष्टुरेण्टले किनिसक्यो ।

ओरालो लाग्ने ठाउँमा चिनेकी दिदि, भाई ढिलो आउनुभो त ?

अँ दिदि आज मिटिङ्ग थियो एउटा ।

अघिनै उत्तर तयार बनेको देखेर आनन्द महशुश भयो ।
९ः४५ ……………

ल्याईदिनुभो छोरीलाई ड्रइगं बुक ?

हे तिमिपनि, विदाको बेला छोराछोरीलाई धेरै प्रेसर दिनु हुँदैन के । बरु घरबाहिर हिन्न, खेल्न पठाउने हो ।
अनि आज पनि उई ?

होईन आज बास्केटको मिटिङ्ग थ्यो क्या ।

……………………………………………..

दाल रादिदिएको छु, खार सुत्नु…………..

विहान झल्यास्स विउझिँए……………हिजोको मदिरा हेंगले छोडेको थिएन । मोवाईल निकाले………..सर्च गरेँ…………….

In 2021, a beer brand spent over $200 million on advertising and had a revenue of $54 billion. It heavily relies on digital advertising channels, which include online display ads, social media advertising, search engine marketing, and content marketing.

It employs various strategies to promote its brand and products. It has been known for its investments in TV advertising, including high-profile commercials aired during sporting events. These ads feature engaging storytelling and memorable characters to connect with consumers on an emotional level along with social responsibility. (50/50 of imagination & Reality)

लेखक समसामायिक बिषयवस्तु पस्किने समीक्षक हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.