नेपालको आफ्नै कार्ड नेपाल पे ल्याउँदै एनसिएचएल

काठमाडौं । नेपालको आफ्नै कार्ड जारी गर्न साझेदारी भएको छ । नेसनल पेमेन्ट स्विच (एनपीएस) लागु गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एसीआई वल्र्डवाइडबिच साझेदारी भएको हो । अहिले देशभित्र कार्डमार्फत कारोबार गर्न अन्तर्राष्ट्रिय भुक्तानी गेटवेको भर पर्नुपर्ने अवस्था छ ।

नेसनल कार्ड स्विच (एनपीएस एनसीएस) केन्द्रीय पूर्वाधार निर्माण गर्नु र नेपालको आफ्नै कार्ड नेपालपे जारी गर्नु यो साझेदारीको उद्देश्य रहेको जनाइएको छ । कार्ड लागु भएपश्चात वित्तिय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड उपलब्ध गराउन सक्नेछन् । कार्डबाट छिटो, सस्तो र डाटाहरुको स्थानीय पहुँच हुने हुँदा थप सुरक्षित हुने अपेक्षा समेत लिइएको छ ।

हाल नेपालमा भुक्तानी र रकम स्थानान्तरण प्रविधिलाई सहज र छिटो बनाउन नेपाल क्लिरिङ्ग हाउसको कनेक्ट आइपिएस सञ्चालनमा रहेको छ ।

कनेक्ट आइपिएस वालेटको सफल सञ्चालन र ग्राहकको सर्तअनुसार सेवा दिन सक्षम भएपछि अब नेपाल क्लियरिङ हाउसले स्वदेशी डेबिट तथा क्रेडिट कार्ड जारी गर्न गृहकार्य सुरु गरेको हो ।

प्रतिक्रिया

One thought on “नेपालको आफ्नै कार्ड नेपाल पे ल्याउँदै एनसिएचएल

Leave a Reply

Your email address will not be published.