बालबालिकाको लागि २ दिने क्षमता विकास तालिम

बनेपा । बनेपा नगरपालिकाको बालमैत्री वडा, वडा नं. १३ भैंसेपाटीमा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

कार्यक्रम यही माघ २६ र २७ गते भएको थियो । तालिम वडा स्तरीय बाल क्लब, समुदाय र विद्यालय स्तरीय बालक्लबका पदाधिकारीहरुको क्षमता विकासको लागि गरिएको बताइएको छ ।

बनेपा नगरपालिका वडा नं १३ को कार्यालय र वडा बालक्लब संजालको संयुक्त आयोजनाका आयोजित क्षमता विकास तालिम वडा बाल क्लबका सचिब सुभेक्षा खड्काको अध्यक्षता, वडाअध्यक्ष रामलाल दुवालको प्रमुख आतिथ्ता, बनेपा नगरपालिका महिला बालबालिका र जेष्ठनागरिक शाखामा महिला विकास निरिक्षक सपना वलीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

बालबालिकालाई बालक्लबको आवश्यकता र बालबालिकाको भूमिका, बालअधिकार र कर्तब्य, बालबालिका सम्बन्धी संविधान, ऐन, राष्ट्रिय तथा अन्तराष्ट्रिय नियम र कानुनहरु, बालमैत्री स्थानिय शासनको अवधारणा र यसको आवश्यकता, बालबिबाह न्यूनिकरणमा बालक्लबको भूमिका, नेतृत्व विकास, सुरक्षित इन्टरनेटको प्रयोग लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमको समापनमा बालबालिकालाई प्रमाण–पत्रप्रदान गर्दै वडाअध्यक्ष रामलाल दुवालले वडा सधै बालबालिकाको चौर्तफी विकास, प्रतिभा प्रस्फुटन, बालअधिकार संरक्षण, प्रर्वधनमा लागि रहने प्रतिबद्धता जनाए ।

बालमैत्री घोषणा पश्चातको निरन्तरता र दिगोपनाकोे विषयमा काम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने वडाध्यक्ष दुवालले बताएका थिए । बालमैत्री निरन्तरता र दिगोपनका लागि बालबालिका र बालक्लबको पनि साथ सहयोग आवश्यक रहेको वडाध्यक्ष दुवालको भनाई थियो ।

दुई दिने प्रशिक्षणात्मक कार्यक्रममा उत्कृष्ट ४ सहभागीलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा ६ वटा विद्यालयका ३५ जना बालबालिका, वडाका जनप्रतिनिधि, विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता थियो । कार्यक्रममा बालअधिकारकर्मी सुबोध धिमालको मुख्य प्रशिक्षण रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.