पनौतीका विद्यार्थीलाई न्यानो कपडा 

काठमाडौँ। काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्वर ९ ओम डाँडा स्थित कमला देवी आधारभुत बिद्यालयमा अध्यनरत ८० जना बिद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ ।

बटरफ्लाई फिल्म्सको सहयोग र सेलिब्रेटी नेपाल प्रतिष्ठानको व्यबस्थापनमा ८० जोर ट्रयाकसुट वितरण गरिएको हो। आर्थिक अवस्थाका कारण कोही पनी जाडोमा बस्न नपरोस् भनेर सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई कपडा वितरण गरिएको बटरफ्लाई फिल्म्सका प्रबन्ध निर्देशक जेनिश पहारीले बताए।

न्यानो कपडा पाउँदा बिद्यार्थीहरु पनि धेरै खुसी भएका थिए। यस्तै सामाजिक कार्यहरु निरन्तर गर्दै जाने कम्पनीको योजना रहेको पनि पहारीले बताए।

कार्यक्रममा बटरफ्लाई फिल्म्सका प्रबन्ध निर्देशक जेनिश पहारी,सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, बटरफ्लाई फिल्म्सका सृजन श्रेष्ठ,पाइलट अर्बिन पहारी,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश कुँवर,प्रधानाध्यापक राजु ठकुरी लगाएतको उपस्थिति रहेको थियो।

शिशु कक्षा देखि ८ कक्षा सम्म पढाइ हुने कमला देवी आधारभुत बिद्यालयमा जम्मा ८० जना बिद्यार्थी पठन पाठन गरीरहेका छन्।

बटरफ्लाई फिल्म्स चलचित्र वितरण कम्पनी हो,जसले नेपाली,हिन्दि र हलिउड फिल्मको नेपालभर प्रदर्शनको जिम्मा सम्हाल्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.