चण्डेश्वरी माविको ७६ औं वार्षिकोत्सव

नाला । चण्डेश्वरी माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव तथा हिरक जयन्ती सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम पुर्व मन्त्री एवं काभ्रे क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि बास्कोटाले विद्यार्थीलाई प्रबिधियुक्त शिक्षा सँगै ब्यवहारिक शिक्षा प्रदान गर्नु पर्ने बताएका छन् । सिपमुलक शिक्षा दिन सकिएमा मात्रै आफ्नै देशमा विद्यार्थीहरु रहने पूर्वमन्त्री बास्कोटाले बताए । पूर्वमन्त्री बाँस्कोटाले आफु सञ्चार मन्त्री हुदाँ काभ्रेपलाञ्चोक जिल्लामा मात्र नभई देशैभरिका माध्यमिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरिएको बताए । माध्यमिक विद्यालयहरुमा आइसिटी ल्याब स्थापना भएसँगै विद्यार्थीहरुको सिकाइ र बुझाईमा फरक पाइएको बास्कोटाले बताए । काभ्रेमा पनि धेरै सामुदायीक विद्यालय संस्थागत भन्दा पनि अब्बल रहेकाले अभिभाबकहरुले पनि सामुदायीक विद्यालयलाई सहयोग गर्नु पर्ने बास्कोटाको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपक कुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख विमला सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं बनेपा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले विद्यालयलाई नगरको उत्कृष्ट विद्यालय बनाउन सफल भएको र आगामी शैक्षिक सत्रमा जिल्लाको उत्कृष्ट र प्रदेशको उत्कृष्ट बनाउन लागिरहेको बताए । विद्यालयले समय अनुकुल, समुदायले खोजेको, समयले मागेको र विद्यार्थीहरुलाई चाहिएको गुणस्तरीय शिक्षा प्रदान गरेको अध्यक्ष श्रेष्ठले वताए । विद्यालयले प्रविधियुक्त शिक्षा प्रदान गरिरहेको उनको जिकिर थियो ।

विद्यालयको वार्षिक प्रतिबेदन प्रध्यानाध्यापक श्याम प्रसाद पाण्डेले प्रस्तुत गरेका थिए । प्र.अ पाण्डेका अनुसार विद्यालयमा शिशु कक्षा देखी कक्षा १२ सम्म ८ सय विद्यार्थीहरुले अध्यन गरिरहेका छन । विद्यालयमा भौतिक सुविधा सगै स्वच्छ खानेपानी, अपाङ्ग तथा बाल मैत्री शौचालय, गुणस्तरीय शिक्षा, कम्प्युटर ल्याब, विज्ञान ल्याब, पर्याप्त पुस्तकालय, मल्टि मिडाया कक्षा कोठा, योगाका कक्षा, प्रत्येक शनिबार संगित कक्षा सञ्चालन, स्कुल बसको लगायतका सुविधा रहेको पाण्डेले बताए । पुर्ण रुपमा अंग्रेजी माध्यम मार्फत अध्यापन हुने उक्त विद्यालयमा विद्यार्थीहरुलाई समय र विद्यार्थीहरुले खोजेको जस्तै गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको पाण्डेले बताए ।

कार्यक्रममा सहायक प्रध्यानाध्यापक कृष्ण गोपाल श्रेष्ठ, कक्षा ९ का छात्र आर्यन बादे श्रेष्ठ, कक्षा १० की छात्रा प्रमिता विश्वकर्मा लगायतका ब्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । वार्षिकोत्सव कार्यक्रममा विभिन्न सहयोगीदाता हरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षक भिमसेन हुमागाईले गरेका थिए । कार्यक्रममा विभिन्न वडा अध्यक्षहरु, विभिन्न सघं सस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.