पनौती रातमाटेमा सप्ताह ज्ञान महायज्ञ

पनौती । पनौती नगरपालिका वडा नं. ६ स्थित रातमाटेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । पितृ उद्धार तथा विश्व शान्तिको कामना गर्दै आचार्य वन्धु सर्वब्यापी समाजले महायज्ञ शुरु गरेको हो । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ पण्डित अच्युतप्रसाद भट्टराईले बाचन गर्नेछन् । उक्त ज्ञान महायज्ञमा विभिन्न क्षेत्रबाट आचार्य बन्धुहरुका साथै अन्य भक्तजनहरुको सहभागिता रहने जनाइएको छ ।

सप्ताह ज्ञानमहायज्ञ शुभारम्भको पुर्वाद्धमा पनौती ६ रातमाटेमा रहेको आचार्य बन्धुहरुको कुलदेवताको मन्दिरबाट पनौती त्रिवेणी हुँदै इन्द्रेश्वर महादेव मन्दिर परिसर पुगी पुनः त्यहि स्थानमा आएर कलश यात्रा समापन गरिएको थियो । कार्यक्रममा आचार्य बन्धु सर्वब्यापी समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । फागुन १ गते मंगलबारबाट शुरु भएको सप्ताह ज्ञानमहायज्ञ फागुन ९ गते समापन हुने जनाइएको छ ।

आचार्य वन्धु सर्वब्यापी समाजका अध्यक्ष हिरालाल आचार्यले नेपालका सबै जिल्लामा छरिएर रहेका आचार्य बन्धुहरुलाई सप्ताह ज्ञान महायज्ञमा निम्ता गरिएको बताएका छन् । विश्वमा शान्तिको कामना गर्दै महायज्ञ आयोजना गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । पनौती सुन्थान रातमाटेमा आचार्यहरुको ठुलो परिवार बसोबास गर्दै आएका छन् । त्यहाँ आचार्यहरुले जग्गा ब्यवस्थापन गरेर कुल र बायु देवताको पुजाका लागि भवन निर्माण गरेका छन् । दुईवटा मन्दिर सहित भवन निर्माण गरेका आचार्यहरुले सम्पूर्ण पितृहरुको उद्धारका लागि महायज्ञ आयोजना गरेका हुन् ।

भवन निर्माणका लागि स्थानीय विष्णु आचार्यले १० आना जग्गा दान गरेका थिए । बाँकी १२ आना जग्गा खरिद गरी २२ आनामा भवन र मन्दिर निर्माण गरिएको छ । सप्ताह आयोजना गर्ने समितिमा उपाध्यक्ष बलराम आचार्य, सचिव केदार आचार्य, कोषाध्यक्ष गौरव आचार्य सहितको १५ सदस्यीय समिति, उप समितिहरु सक्रिय रहेका छन् । समितिले आचार्यहरुको कुलको संरक्षण, प्रर्वद्धन र पुर्नउत्थानका लागि विविध कृयाकलापहरु गरिरहेको बताईएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.