ज्ञानकुञ्जको २१ औ बार्षिकोत्सव, शैक्षिक सत्र २०८१ बाट स्मार्ट बोर्ड र स्मार्ट कक्षा

बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज विद्यालयको २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका संचालक आत्मराम थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपा क्षेत्रको शिक्षाको गुणस्तर कायम राख्न नीजि क्षेत्रका विद्यालयहरुको भुमिका महत्वपूर्ण रहेको बताए । ज्ञानकुञ्जले गुणस्तरिय शिक्षा दिइरहेको प्रमुख शाक्यको भनाइ थियो ।

कार्यक्रममा प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप बैद्यले स्वागत मन्तब्य राख्नु भएको थियो । बैद्यले विद्यालयका गतिविधिका बारेमा जानकारी गराएका थिए । ज्ञानकुञ्ज विद्यालयले जिल्लामा मन्टेश्वरी देखि मास्टर डिग्रीसम्मको अध्ययन गराउने बैद्यले बताए । प्रतिष्ठानका संचालक बैद्यले शैक्षिक सत्र २०८० मा मात्रै २५ लाख रुपैया बराबरको छात्रबृत्ति विद्यार्थीहरुका लागि उपलब्ध गराएको जानकारी दिए ।विद्यालयले मनोपरामर्श, नेतृत्व विकास, चित्रकला, हाजिरिजवाफ, नृत्य, गायन लगायत सिपमुलक शिक्षा उपलब्ध गराएको उनले बताए । शैक्षिक सत्र २०८१ बाट स्मार्ट बोर्ड र स्मार्ट कक्षा संचालन गर्ने गरी तयारी रहेको बैद्यको भनाइ थियो ।

कार्यक्रममा वडा नम्वर ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय संचालकहरु, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बेलर स्कुलका अध्यक्ष भोला थापा, बरिष्ठ साहित्यकार मोहन दुवाल, शिक्षासेवी भोला केसी, गोविन्दलाल प्रधानाङ्ग, ज्ञानकुञ्ज कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलागाई, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, बिभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न साङ्गीतिक प्रस्तुती समेत दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.