श्री प्रभा मा. वि. एस एल सी ब्याच २०५२ को पुनर्मिलन कार्यक्रम हुने

काठमाडौं । श्री प्रभा मा. वि. कात्तिके देउरालीबाट एस एल सी ब्याच २०५२ मा उतिर्ण हुनुहुने साथीहरुको पुर्नर मिलन एवं बनभोज कार्यक्रम आयोजना हुने भएको छ।

आज तीनकुने स्थित सिदार्थ कटेजमा भएको भेलाले आगामी चैत्र १० गते शनिबार कार्यक्रम गर्ने निर्णय गरेको हो। भेलाले कार्यक्रम सहजीकरणका लागि दीपक प्रसाद चौलागाईंलाई संयोजक र रमिला पुरीलाई सह संयोजक तोकेको छ।

 

झन्डै २८ वर्ष पछि यस्तो पुर्नर मिलन कार्यक्रम आयोजना हुनलागेकोमा सबैले खुसी व्यक्त गरेका छन। SLC ब्याच २०५२ को सामाजिक संजाल मेसेन्जरमा ग्रुप पेज खोलिएकोले सबै साथीहरूलाई पेजमा जोडिन संयोजक चौलागाईंले आग्रह गर्नुभएको छ।

 

भेलामा एकनाथ गौतम, टंक प्रसाद गौतम, दीपक प्रसाद चौलागाईं, रमिला पुरी, रमेश गौतम, प्रेम गौतम, बस्ती लामा, कमल लामा, तेज प्रसाद चौलागाईं, बृहस्पति गौतम, सहदेव गौतम, ओम पन्त (राजन) को सहभागिता रहेको थियो। भेलाले पुर्नमिलन एवं बनभोज कार्यक्रम धुलिखेलमा सप्पन्न गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.