जिप्रका काभ्रेले यसरी मनायो अन्तर्राष्ट्रिय नारी दिवस

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र यस अन्तर्गतका युनिटहरूमा कार्यरत महिला अधिकृत तथा जवानहरूलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको सभाहलमा भेला गराई धुलिखेल अस्पतालका गाइनेलोजिस्ट डा.सुमिष्टि शाक्य र डा. अन्जली चौरसियाले महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने महत्वपूर्ण रजस्वाला स्वास्थ्य, प्रजनन् स्वास्थ्य, गर्भवती जाँच, महिलामा हुने क्यान्सरको बारेमा ध्यान दिनुपर्ने विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले लैंगिक हिंसाको रोकथाम, तथा नियन्त्रणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने, आफुमाथि कुनै दुर्व्यवहार हिंसा भएमा समयमा जानकारी गराउने लगायतको निर्देशन दिनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक उमा के.सी.ले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका, नेपाल प्रहरीबाट जारी गरेको लैंगिक निति २०६९ र काभ्रे जिल्लमा लैगिक हिंसाको अवस्थाको बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लामा कार्यरत गर्भवती महिला प्रहरी कर्मचारीलाई कार्यालय प्रमुख द्वारा दहि चिउरा खुवाउने कार्यक्रम समेत गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.