च्याम्राङवेशी थलागाउँका ३२ जना विद्यार्थीलाई झोला वितरण

च्याम्राङवेशी । बेथानचोक गाउँपालिका वडा नं.१ च्याम्राङवेशी, थलागाउँस्थित श्री चन्देवी प्राथमिक विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक,काठमाडौंको संयोजन, तामाङ सोसाइटी अफ अमेरिका पूर्वअध्यक्ष एवं गायिका गोमा योञ्जन र नेपाल तामाङ घेदुङ दक्षिण कोरिया उपाध्यक्ष गणेश योञ्जन तामाङको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

विद्यार्थीलाई दैनिक विद्यालय आउने वातावरण बनाउन १३ औं स्थापना दिवसको अवसरमा चैत १३ गते मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि ढकालको सभाध्यक्षता, वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता मधुसूदन तिमल्सिनाको प्रमुख आतिथ्यमा झोला वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडासचिव पिताम्बर शर्मा रिजाल, विद्यालयका प्र.अ.रामप्रसाद तिमल्सिना, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी एवं सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.