जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा सहकारी लोक गीत प्रतियोगिता

सहकारीमा सुशासन: प्रविधि र एकिकरण भन्ने थिमका साथ राष्ट्रिय सहकारी दिवसको अवसरमा काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघ लि. ले विविध कार्यक्रम सहित सहकारी लोक गीत प्रतियोगिता चैत्र २० गते सम्पन्न गरेको छ ।

राष्ट्रिय सहकारी महासंघ लि. नेपालका उपाध्यक्ष डि.बि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा रहेका सहकारी छाता संघका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

जिल्ला सहकारी संघ लि. ले आफ्रनो कार्यालयको नयाँ भवनमा नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा सहकारीको झण्डा पूजा तथा झण्डा फहराउने कार्य गरी नयाँ संघको बोर्ड राख्ने, रोवर्ट ओवनको फा्टोमा माल्यार्पण गर्ने कार्य बिहानै सम्पन्न गरेको थियो । करिव १ महिना अगाडि देखि नै सूचना तथा जानकारी, पत्राचार समेत गरी सचेतना फैलाउने र सहकारीको सन्देशमूलक गीत लोक भाकामा तयार गरी संघमा बुझाउने गरी तयारी गरी थालनी गरेको कार्यक्रममा विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरु मध्ये ३० वटा सहकारीहरुले सहभागिता जनाएका थिए ।

आफ्नै भवनको प्रांगणमा भएको उक्त कार्यक्रममा बाद्यवादन, स्टेज, राष्ट्रियस्तरका कलाकारहरुद्धारा सहभागि संस्थाहले गाएका गीत तथा भाकाहरुको मूल्यांकन गरिएको थियो । सबै संस्थाहरुले हाल सहकारीमा देखिएका समस्या, समाधानका उपाय, मूल्य, मान्यता, सहकारी ऐन, नीति आय आर्जन, रोजागारी लयाउका क्षेत्रमा गीत तयार गरी गायनमा भाग लिएका थिए । विभिन्न भाकामा गायन भएको उक्त प्रतियोगितामा एउटा संस्थाको लागि ७ मिनेट समय उपलब्ध गराइएको थियो भने एउटा समूहबाट बढीमा ७ जना सम्म सहभागि हुन पाउने व्यवस्था अनुसार प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय सहित एउटा समूहलाई सान्त्वना पुरस्कार क्रमश ः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद, प्रमाण पत्र सहित पुरस्कारको व्यवस्था आयोजकबाट व्यवस्था गरिएको थियो । जसमा प्रथम पुरस्कार श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि. पनौती ९, दोश्रो पुरस्कार बुडोल सामूदायिक सहकारी संस्था लि. बनेपा ६, तृतीय पुरस्कार अग्रसर पञ्चामृत सहकारी संस्था लि. मण्डनदेउपुर ११ र सान्त्वना पुरस्कार श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि. चौंरी देउराली ३ ले हासिल गरेको हो । सबै सहभागिहरुलाई समापन कार्यक्रममा संघका अध्यक्ष श्री दिलिप शर्माले पुस्कार तथा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो । ३० वटा समूहमा गीगत गाउन सहभागि सबै सहभागिहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो । ३० वटा संस्थाका २०० जना सहभागिहरुले आफ्नो संस्थाको तर्फबाट सहभागिता जनाई प्रतियोगितामा भाग लिएका थिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष श्री दिलिप शर्माले सहकारी संस्थाहरुमा हाल देखिएका बिषयहरुमा नकारात्मक मात्र टिक्का टिप्पणी आइरहेका बेलामा सन्देशमूलक गीतको माध्यमबाट सकारात्मक बिषयहरु उजागर भएको र भोलिका दिनहरुमा समेत यसले राम्रो सन्देश सहित सहकारीमा सकारात्मक सन्देश गएको जानकारी गराउनु भएको थियो भने काभ्रे जिल्ला सहकारी संघले हरेका बर्ष नयाँ नयाँ खालका बिषयहरुमा प्रतिष्पर्धा सहितको अभियानलाई सिकाउने टिकाउने जस्ता कार्यक्रमहरु ल्याएर सकारात्मक सन्दैश प्रवाह गरिरहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यावाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.