सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका ३६ विद्यार्थी दीक्षित

पनौती । पनौती स्थित सिद्धार्थ वनस्थली इन्स्टिच्यूट(सार्वजनिक शैक्षिक गुठी) को कक्षा यु.के.जी. तहमा अध्ययनरत ३६ जना विद्यार्थीहरु एक भव्य समारोहका बिच दीक्षित भएका छन् ।

कार्यक्रममा पनौती नगरपालिका शिक्षा शाखाका श्रोत व्यक्ति महेश्वर जंगम प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जंगमले विद्यार्थीहरुको रोजाइ सिद्धार्थ वनस्थली उपयुक्त भएको भन्दै विद्यालयले विद्यार्थीको रोजाई अनुसारको शिक्षा प्रदान गर्नुपर्ने बताए । विद्यार्थीको चौतर्फी विकासको लागि अभिभावकहरुको पनि भूमिका महत्वपूर्ण हुने भन्दै बालबालिकाको इच्छा चाहना अनुसारको वातावरण तथा सिकाई क्रियाकलाप संचालनमा विद्यालय तथा अभिभावकले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बालबालिकाहरुले नृत्य, गायन, फेसनसो लगायतका विविध प्रस्तुति गरेका थिए । कार्यक्रममा अभिभावकहरुलाई मनोरञ्जन गाराउने उदेश्य सहित विभिन्न खेलहरु खेलाइएको थियो । पूर्व प्रा.वि तहका शिक्षकहरुलाई कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेबापत सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका सह प्रिन्सिपल विमल कार्की, प्राज्ञिक संयोजक प्रविण दाहाल, दश जोड दुुई इन्चार्ज राजकुुमार खुलाल, दीक्षित बालबालिकाका अभिभावक, विद्यालयका शिक्षकहरुको उपस्थिति रहको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयकी प्राचार्य रेस्मा थापाले गरेकी थिइन् । कार्यक्रम संचालन पूर्व प्रावि इन्चार्ज गीता लामाले गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.