पूर्व स्मृति/संस्मरण प्रतियोगिता पुरस्कार काभ्रेकी सर्जक रचना मोक्तानले जितिन्

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.६ जोरपाटीमा अभिनव साहित्य समाजको आयोजनामा शनिबार महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रम अन्तर्गत मावि स्तरिय शिक्षिकाहरुको पूर्वस्मृति /संस्मरण लेखन प्रतियोगितातर्फको प्रथम पुरस्कार नगद राशीसहितको प्रमाणपत्र श्री महेन्द्र मावि बौंद्धमा कार्यरत शिक्षिका एवं काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिका वडा नं.५ कि सर्जक रचना मोक्तान तामाङ”यात्री”ले ले जितेकी छिन् ।

अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरेको सभाध्यक्षतामा गोकर्णे श्वर नगरपालिका उप प्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यमा र वडाध्यक्ष नवराज लामाको विशेष आतिथ्यमा एक भव्य समारोहकाबीच शिक्षिका तर्फको पुरस्कार नगदराशीसहितको प्रमाणपत्र सर्जक मोक्तानले प्राप्त गर्नु भएको हो ।

यसैगरि प्रमुख अतिथि एवं उपप्रमुख लामाले सोही पुरस्कार,जनही नगद राशी ,प्रथम पुरस्कार, प्रमाणपत्र विद्यार्थी छात्रातर्फ मनिषा सुनुवार,कर्मचारी महिलातर्फ चन्द्रप्रभा उपाध्याय,गृहिणीतर्फ सरस्वती सर्पनन्दलाई र अभिनव मुसुरी बौंद्ध दर्शन साहित्य पुरस्कार नगद राशी १५ हजारसमेत प्रदान गर्नु भएको थियो ।

सबै विधामा द्धितिय,तृतिय,सान्त्वना हुनेलाई क्रमशः नगद रु.८ हजार,रु.६ हजार,सान्त्वनातर्फ दुई/दुई जनालाई रु.५/५ हजारका दरले पुरस्कार,नगद राशी र प्रमाण पत्र प्रदान गरिएको कार्यक्रम संयोजक शारदा पराजुलीले बताएकी छिन् । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, गृहिणी, साहित्यकारहरु, संचारकर्मी, अभिनव साहित्य समाजका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.