सर्जक-गायक दाहालको लोक कोसेली ‘अन्तरी’ सार्वजनिक

सर्जक एवं गायक कृष्ण दाहालको नयाँ लोक दोहोरी गीत ‘अन्तरी’ सार्वजनिक भएको छ ।

गायक कृष्ण दाहालको शब्द बोल्ने गीत ‘कृष्ण दाहाल’ आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा गायक प्रताप दास र गायिका दिपा सापकोटाले आवाज भरेका छन् । नारायण दंगालको एरेन्जमा तयार भएको गीतको रेकर्ड एमएफ स्टुडियोमा गरिएको हो ।

त्यस्तै गीतको भिडियोमा मोडल बिना राउत र सुरेश कोलीले सुन्दर अभिनय गरेका छन् । राहुल बराइलीको निर्देशनमा निर्मित गीतको भिडियोलाई मुकेश हुनागाँईले खिचेका हुन् । शृङ्गार सरगम गाहाको रहेको छ । भने गीतको भिडियोमा कलर भर्ने र सम्पादन मिन रावलले गरेका हुन् ।

ललितपुर महाँकाल गाउँपालिका वडा नं. ४ का बासिन्दा गायक दाहालका यसअघि पनि थुप्रै लोकप्रिय गीतहरू सार्वजनिक भइसकेका छन् । आफूले दुई दर्जन भन्दा बढी साँगितिक सिर्जना गरिसकेको गायक दाहालले जानकारी दिए ।

दाहाल रेडियो पर्यावरण अवार्डबाट सम्मानित समेत भएका छन् । यसअघि दाहालको ‘सर्लक्क साइली’ गीत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.