चलचित्र ‘खजुरे ब्रो’ को टिजर सार्वजनिक, वैशाख २८ बाट हलहलमा

काठमाडौँ। कमेडी विधाको चलचित्र ‘खजुरे ब्रो’ को टिजर  सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो। निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । यसअघि सुनुवारले ग्याङ्गस्टार चलचित्र षडङ्ग को निर्देशन गरिसकेका छन् ।

चलचित्र वैशाख २८ गते चलचित्र हलहरूमा लाग्दैछ ।  चलचित्रले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ। टिजरमा चलचित्रका मुख्य कलाकार रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धरलाई बिसेष स्थान दिइएको छ। धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ। यूट्यूबमा उनी कस्ता थिए भनेर देखाउने भिडियोहरु देख्न सकिन्छ।

जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दुखान्त कहानी रहेको बताइन्छ। ‘खजुरे ब्रो’ले तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ।

चलचित्रमा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ। कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयुक्त निर्माण रहेको सिनेमामा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्। शिशिर बिसंखेको छायांकन रहेको सिनेमामा मित्र डि गुरूङको सम्पादन छ। चलचित्रलाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

 

चलचित्र ‘खजुरे ब्रो’ को टिजर हेर्न प्ले बटन थिच्नुहोस्ः 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.