विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा “आत्महत्या सम्बन्धि जिम्मेवार रिपोर्टिंङ”

बनेपा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारिका समूह काभ्रेपलाञ्चोकले “आत्महत्या सम्बन्धि जिम्मेवार रिपोर्टिंङ” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बनेपा नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जिल्लामा क्रियाशील सञ्चारकर्मी लक्षित तालिम कार्यक्रमको आयोजना गर्न पाउदा आफू हर्षित भएको सञ्चारिका समूह काभ्रेपलाञ्चोक अध्यक्ष सुनिता सापकोटाले बताउनुभयो ।

कार्यक्रम औपचारिक र तालिम सत्र गरि दुई चरणमा समापन गरिएको थियो । औपचारिक कार्यक्रमको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शाक्यले बनेपाका विकासका गतिविधिहरुलाई विशेष स्थान दिई प्रकाशन प्रशारण गर्न आग्रह गरेका थिए । नगरमा रहेका समस्या सञ्चारकर्मीले छिटो जानकारी पाउने हुँदा त्यसको समयमै जानकारी गराईदिन समेत आग्रह गर्नुभयो ।

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले आत्महत्यालाई न्यूनीकरणमा पत्रकारको विशेष भूमिका रहने बताउँदै अमुल्य जीवन बचाउन सञ्चारमाध्यमको भूमिका विषयमा चर्चा गर्नुभएको थियो ।
पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष बद्रिराज तिमल्सिनाले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि स्थानीय सरकारले सहकार्य गर्न आवश्यक रहेको बताउँदै तालिम कार्यक्रमको शुभकामना व्यक्त गर्नुभयो ।

सञ्चारिका समूह काभ्रेपलाञ्चोक अध्यक्ष सापकोटाको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको सहजीकरण सञ्चारिका समूहकी ज्योति श्रेष्ठले गर्नुभएको थियो । तालिमको दौरान सञ्चारकर्मी केपी ढुंगाना र मनोबिद् सिता भण्डारीले मानसिक स्वास्थ्य, आत्महत्याको विषयमा समाजमा रहेको गलत नजिर र पत्रकारले खेल्नुपर्ने र लेख्नुपर्ने विषयवस्तुका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.