क्रियटिभ सरसफाइ प्रालिद्वारा कृष्ण मन्दिरदेखि शिव चोकसम्म सरसफाइ

काठमाडौं । क्रियटिभ सरसफाइ प्रा.लि.को आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकास्थित वाग्मती कोरिडोर तथा सडक सरसफाइ अभियान शनिबार कृष्ण मन्दिरदेखि शिव चोकसम्म गरेको छ ।

क्रियटिभ सरसफाइ प्रा.लि.का अध्यक्ष बबरमान तामाङकानुसार उक्त अभियान कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ को सहकार्यमा,वडा सदस्य मुक्तिनाथ दहाल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, प्रहरी, प्रशासन, क्रियटिभ सरसफाइ प्रा.लि.कर्मचारीहरु, स्थानीय वासिन्दाहरुको सहभागितामा सरसफाइ अभियान गरिएको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.