तेजगङ्गाले गर्यो सहकारी सम्बन्धी अभिमुखीकरण

पनौती । पनौती नगरपालिका वडा नं. ८, मल्पीमा अवस्थित तेजगङ्गा बहुमुखी क्याम्पसको आयोजना र  सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि., पनौती -६ को समन्वयमा सामजिक उत्तरदायित्व बहन गर्ने उदेश्यसहित आयोजित एक दिने सहकारी र बित्तीय अनुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित सहभागीहरुको लागि सहकारीको मूल्य, मान्यता, बचत तथा अन्य कारोबारमा सेयर सदस्यको भुमिका र सोको लागि निभाउनु पर्ने दायित्वको विषयमा बहस गरिएको थियो । कार्यक्रम जन्मदेखि मृत्युपर्यन्त आर्थिक क्रियाकलापको महत्व र बित्तिय अनुशासनमा आधारित क्रियाकलापमा केन्द्रित रहेको थियो ।

Tej Ganga campus ra sahayatra Sacco's ko program

सहयात्रा सहकारीमा आवद्ध विभिन्न समिति/उपसमितिका पदाधिकारी र सेयर सदस्यहरु तथा तेजगङ्गा बहुमुखी क्याम्पसका प्राध्यापक तथा अध्ययनरत बिद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)का तालिम/कार्यक्रम अधिकृत नवराज घोरसैनेद्वारा सहभागिहरुलाई प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले राख्नुभएको थियो ।

ज्ञानबिकास पुस्तकालयको सभाहलमा सम्पन्न सो कार्यक्रम क्याम्पस संचालक समितिका उपाध्यक्ष राजाराम सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहयात्रा  सहकारीका अध्यक्ष गोबिन्द प्रसाद न्यौपानेले राख्नुभएको थियो ।

सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रमको संचालन क्याम्पसका सहायक क्याम्पस प्रमुख भिमसेन के.सि.ले गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.