’एलओडी’ नेपालकै नम्बर वान, विश्वकै ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ५०औं स्थानमा पर्न सफल भएको छ । केही समय अघि एलओडी ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । सन् २०२४ का लागि विश्वभरिका सय उत्कृष्ट नाइट क्लबमध्ये ठमेलको एलओडी ५०औं लोकप्रिय नाइट क्लब बन्न सफल भएको हो ।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि १०० उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औं स्थानमा परेको हो । बेलायतको मासिक पत्रिका डीजे म्यागमा विश्वभरका १०० उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गदर्छ । क्याम्पियनमा पाँच सय क्लब सहभागी भएका थिए । यसअघि क्लब ४९ र ५२ औं स्थानमा परेको थियो ।

सन् २०२४ का लागि विश्वकै उत्कृष्ट क्लबमध्य ५०औं स्थानमा एलओडी परेको छ । क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भएको क्लबका निर्देशक भुपेन कुँवर बताउँछन् । कुँवरका अनुसार उक्त क्याम्पियनमा विश्वभरिका पाँच सय भन्दा धेरै क्लबहरु सहभागी भएका थिए । नेपालबाट विश्वका १०० उत्कृष्ट क्लब भित्र पर्दा नेपालका क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम विश्वसामु चिनाउने गरी काम गरेको निर्देशक कुँवर बताउँछन् । एलओडीले नेपालमा पारिवारिक क्लबिंग अनुभवको नयाँ आयाम थप्दै गएको निर्देशक कुँवरले काभ्रे पोष्टलाई जानकारी दिए । क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको कुँवरले बताए । सरकारले ठमेल क्षेत्र लाई २४सै घण्टा खुल्ला गर्ने निर्णय गरे सँगै व्यवसायीहरु पनि उत्साहित भएको र सरकारको यस कदमलाई आआफ्नो ठाउँबाट व्यवसायीहरुले सहयोग गरिरहेको कुँवरले जानकारी दिए ।

डीजे म्यागले सो तथ्याङ्क सार्वजनिक गरेसँगै यो उपलब्धिले एलओडी क्लबलाई नेपालको नम्बर वान क्लबको रूपमा फेरी पनि चिनाउन सफल भएको छ । एलओडीले नेपालको क्लबिंग संस्कृतिलाई प्रवर्द्धन गरी, क्लब प्रेमीहरूलाई उदाहरणीय क्लबिंग अनुभव प्रदान गर्दै आएकोे छ ।

गुणस्तरीय सेवा सुविधाहरू साथै आधुनिक प्रविधि, जीवन्त वातावरण र गुणस्तरीय संगीतले आकर्षण गर्दै आएको एलओडी निरन्तर रूपमा क्लबिंग अनुभव रोमाञ्चक बनाउन अघि बढ्दै गएको पाईन्छ । रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई क्लबले आकर्षण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.