सितापाखा मञ्जरी टोलमा सरसफाइ कार्यक्रम

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं.४ सितापाखास्थित मञ्जरी टोलमा शनिबार मञ्जरी सिर्जनशील नारी बचत समूह, मञ्जरी टोल विकास संस्था र सिर्जनसीप सेवाप्रा.लि.खुमलटार, ललितपुरको संयुक्त आयोजनामा वडाध्यक्ष अमृत खत्रीको प्रमुख आतिथ्यमा जनचेतनामूलक सरसफाइ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

सो कार्यक्रममा फोहोर मैला व्यवस्थापन संघका वरिष्ठ उपाध्यक्ष एवं सिर्जनसीप सेवा प्रा.लि.का अध्यक्ष सहदेव राउत, मञ्जरी सिर्जनशील नारी बचत समूह सचिव गिता राई, सिर्जनसीप सेवा प्रा.लि.कार्यक्रम संयोजक अनिता नेपाल लगायतका विभिन्न संघसंस्थाहरुका प्रतिनिधि,स्थानीय वासिन्दाहरुको उपस्थितिमा, मञ्जरी टोल (सुर्योदय विकास प्रा.वि.) अगाडिबाट सुरुवात गरि वडाका विभिन्न टोलमासमेत जनचेतनामूलक सरसफाइ कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.