लायन्स क्लब अफ ओखलढुंगाको अध्यक्षमा कृष्ण प्रसाद खनाल निर्विरोध निर्वाचित

काठमाडौं । लायन्स क्लब अफ ओखलढुंगाको अध्यक्षमा कृष्ण प्रसाद खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । एनपिटिसी लिमिटेड सरस्वतीनगर, काठमाडौंको सभाहलमा मंगलबार सम्पन्न क्लबको भेलाले कृष्णप्रसाद खनालकोे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

क्लबका अध्यक्ष पुष्कर अर्याल लगायतका पदाधिकारीहरुको पदावधि जुन ३० बाट सकिने हुँदा क्लबले लायन वर्ष २०२४/२०२५ का लागि खनालको नेतृत्वमा नयाँ पदाधिकारीहरुको निर्विरोध निर्वाचित भएको हो।

सोही अवसरमा क्लबको संयुक्त भेलाले फस्ट भाइस प्रेसिडेन्ट प्रतिक अधिकारी, सेकेण्ड भाइस प्रेसिडेन्ट कुमारप्रसाद घिमिरे, थर्ड भाइस प्रेसिडेन्ट युवराज दाहाल, सचिव विष्णुप्रसाद घिमिरे र कोषाध्यक्षमा देवीप्रसाद दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

त्यसैगरी सदस्यहरुमा क्लबका चाटर्ड प्रेसिडेण्ट हरिप्रसाद दाहाल, पास्ट प्रेसिडेन्टहरु लेखनाथ दाहाल, तेजप्रसाद धमला, चित्रकुमार दाहाल, जीवनाथ खतिवडा, गान्धर्वराज पौडेल, इमिडिएट पास्ट प्रेसिडेन्ट पुष्कर अर्याल, दिपकप्रसाद दाहाल, वाशुदेव भण्डारी, रितबहादुर जमरकट्टेल (गणेश), सुमित जैन, दिपकप्रसाद चौलागाँई, यादवप्रसाद कोइराला, रेखा अर्याल र टिष्टा दाहाल निर्वाचित हुनुभएको छ ।

क्लबले लायनवादको उद्देश्य तथा नैतिक सिद्धान्तमा आधारित रहेर शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतको क्षेत्रमा काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.