एमाले काभ्रेको ११औँ जिल्ला अधिवेशन जेठमा

बनेपा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) काभे्रपलाञ्चोकको ११ औ जिल्ला अधिवेशन हुने भएको छ । २०८१ बैशाख २८ गते नेकपा एमाले काभ्रेपलाञ्चोकको कार्यालय बनेपामा भएको १० औं पूर्ण बैठकले पार्टीको ११ औं जिल्ला अधिवेशन २०८१ जेठ २८, २९ र ३० गते पर्यटकीय सहर धुलिखेलमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष अशोक व्याञ्जुको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रमुख अतिथिको रुपमा सांसद एवं नेकपा एमाले पोलिटव्यूरो सदस्य गोकुल प्रसाद बाँस्कोटा, विशेष अतिथि पार्टी पोलिटव्यूरो सदस्य तथा काभ्रेपलाञ्चोक इन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य तथा १ नं. क्षेत्रीय इन्चार्ज नविना लामा, केन्द्रीय सदस्य तथा २ नं. क्षेत्रीय इन्चार्ज कपिलदेब पोखरेल, पार्टी प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा लगायतको उपस्थिति थियो ।

बैठकले नेकपा (एमाले) काभ्रेपलाञ्चोक जिल्लाको अधिबेशनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने निर्णय गरेकोे छ । अधिवेशनमा जिल्लाका भूगोल, जनसंगठन र विधान बमोजिमका निकायबाट करिव सात सय प्रतिनिधिको सहभागिता रहने छ । प्रतिनिधिहरुको छनौट जेठ १८ र १९ गते एकै पटक गर्ने निर्णय भएको नेकपा एमाले काभ्रेले जनाएको छ ।

अधिवेशन तयारीका लागि एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधि ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र धुलिखेल नगर कमिटीको संयोजकत्वमा मञ्च तथा खाना ब्यवस्थापन समितिको गठन गरिएको छ ।

नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीका सचिव राजन भुर्तेका अनुसार यो जिल्ला अधिबेशन पार्टी जीवनको नियमित कार्यको अलावा पार्टीले अगाडि सारेको नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने एउटा महत्वपूर्ण अवसर हो । जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.