बालदिप राज गिरी बचाउ अभियानमा जम्मा भएको रकम हस्तान्तरण

काठमाडौं । बालदिप राज गिरी बचाउ अभियानमा जम्मा भएको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ।

प्रभा मावि एस एल सी ब्याज २०५२ (प्रस्तावित प्रभा कल्याणकारी संस्था) मा आवद्ध बिद्यार्थीहरुले संकलण गरिएको रकम रु ४१,६४० गिरीका श्रीमती सरिता पुरीलाई वीर अस्पतालमा पुगि हस्तान्तरण गरिएको प्रभा कल्याणकारी संस्थाका अध्यक्ष एकनाथ गौतमले बताउनुभयो ।

रकम हस्तान्तरण गर्न संस्थाका उपाध्यक्ष रमिला पुरी, सचीव रमेश गौतम, कोषाध्यक्ष बृहस्पती गौतम, सदस्यहरू रेनुका गौतम, अनिता गिरी सहदेव गौतमको उपस्थिति रहेको थियो।

काभ्रे जिल्ला चौरिदेउराली गाउँपालिका वडा नं ६ बस्ने श्री प्रभा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवं हाल सिर्जनशील जनता माविका शिक्षक बालदिप राज गिरी मुटुको ओपन हार्ट सर्जरी गरी लामो समय देखि नेपाल मिडीसिटी हस्पिटल भैंसेपाटी नख्खुको आइसियु (ICU) मा उपचारत हुनुहुन्थ्यो ।

लामो समय आइसियुमा राखेर उपचार गर्नु पर्दा आर्थिक अभाव भएसगै आर्थिक संकलनका लागि आव्हान गरिएको थियो। हाल गिरीलाई मेडिसिटी अस्पतालबाट वीर अस्पतालमा सारी उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको गिरीका श्रीमती सरिता गिरीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.