प्रभा एलुम्नाइद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौं । बालदिप राज गिरी बचाऔँ अभियानमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ। प्रभा मा वि मा अध्ययन गर्नुभएका पूर्व विद्यार्थीहरुको साझा संस्था प्रभा एलुम्नाइ एसोसिएसन द्वारा आह्वान गरिएको बालदिप गिरी बचाऔँ अभियान अन्तर्गत संकलित रकम रु पाँच लाख दुई हजार अठासी गिरीका श्रीमती सरिता पुरीलाई हस्तान्तरण गरिएको एलुम्नाइका अध्यक्ष गोकुल गौतमले बताउनुभयो ।

संकलित रकम लोकप्रिय ईन्द्रेणी कार्यक्रममा एलुम्नाइ अध्यक्ष गौतम, सहयोग संकलन समिति संयोजक कोशिका चौलागाईं, वडा अध्यक्ष किशोर राज गिरी, संस्थापक महासचिव जीतराम लामा ,प्रभा मा वि का पूर्व शिक्षक एवं प्रभा बहुमुखी क्याम्पसका संस्थापक क्यम्पस प्रमुख चूडा प्रसाद चौलागाईं,वीणा श्रेष्ठ , नारायण गौतम लगायतका एलुम्नाइ सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

गिरीको एक महिना भन्दा बढी मेडिसिटी अस्पतालमा उपचार पश्चात अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। गिरीको उपचारमा हालसम्म ५० लाखको हाराहारीमा खर्च भइसकेको पारिवार स्रोतले जानकारी दिइएको छ। बालदिप राज गिरी बचाऔँ अभियानमा प्रभा एलुम्नाइले कोशिका चौलागाईंलाई सहयोग रकम संकलन संयोजक बनाएर अभियान चलाएको थियो। अभियानकै क्रममा लोकप्रिय इन्द्रेणी बाट रु २५,०००। दर्शकहरुको तर्फबाट रु १९,०००। सरिता पुरिलाई हस्तान्तरण गरिएको अध्यक्ष गौतमले बताउनुभयो ।

Indreni group sanga ko photo

हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै एलुम्नाइ अध्यक्ष गोकुल गौतमले अभियानमा सहयोग गर्नुहुने देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरुलाई आभार एवं धन्यवाद प्रकट गर्नुभएको थियो। गिरीको उपचारका लागि थप सहयोगको अपिल समेत गौतमले गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.