ठुलादुर्लुङका ८६ जना विद्यार्थीलाई कपडा वितरण

ललितपुर । महाङकाल गाउँपालिका वडा नं.६ ठुलादुर्लुङमा आज मंगलबार विद्यार्थीहरुलाई एक समारोहका बिच विद्यालय पोशाक वितरण गरिएको छ। कपडा श्री ५ महेन्द्र माविका ८६ जना(तामाङ,बराम,मगर,दलित र अन्य)समुदायका विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक,काठमाडौंको संयोजनमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८ औं बुद्ध जयन्तीको पुर्वसन्ध्यामा काठमाडौं बौंद्ध निवासी समाजसेवी एवं लोकेश्वर मिडिया सर्भिसका प्रमुख आजीवन संरक्षक सुर्यबज्र लामाबाट कपडा सौंजन्य गरिएको हो ।

कार्यक्रममा पोशाक वितरण कार्यवाहक वडाध्यक्ष राजकुमार घिमिरे, विद्यालयका प्र.अ.कृष्णप्रसाद सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.