वागमती सफाइ महाअभियानको ५७६ औं शृङ्खला सम्पन्न,

अभियन्ताहरुको उत्साहजनक सहभागिता        

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ निरन्तर प्रत्येक साताको शनिबार संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानले शनिबार, तीनकुने, काठमाडौंमा ५७६ औं शृङ्खला सम्पन्न भएको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा काठमाडौं महानगरपालिका वडा नं ३१ का वडा सदस्य अप्सरा सञ्जेल,नदि संरक्षण संस्था अध्यक्ष मेघ आलेमगर,नेपाली सेना कालीदल गण एयरपोर्ट,सुविधा नगर सामुदायिक टोल सुधार समिति अध्यक्ष सुमित्रा कडरिया, कामनपा वडा नं.३१ नागरिक सामाजिक सञ्जाल संयोजक कोपिला गिरी, खोटाङ डेकोर योगेन्द्र कार्की,मनोहरा सरसफाइ अभियान अभियन्ता नारायण गिरी,कामनपा वडा नं ११ का ज्ञान बज्राचार्य,बिष्णुमति सरसफाइ अभियान संयोजक शोभाकान्त पाण्डेय, आलोकनगर वाग्मती अभियन्ता प्रमिला पौंडेल,उत्तिस एलिभेटरका प्रतिनिधि राजेश खड्का,पहिलो पाईलाका प्रतिनिधि सुरज गिरी,बौंद्ध भिक्षु,सुन्दरिघाट वाग्मती सरसफाइ अभियान संयोजक चित्रकुमार सुनुवार, लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङ, नेपाली सेनाका जवानहरु, वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु र स्थानीय वासिन्दाहरुबाट संकलित फोहोरको व्यवस्थापन,काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभाग, टेकु, काठमाडौंले गरेको थियो ।

अभियन्ताहरुको उत्साहजनक सहभागिता रहेको महाअभियानमा सुन्दरीघाट वाग्मती सफाइ अभियानका संयोजक एवं अभियन्ता चित्रकुमार सुनुवारको जन्म दिनको अवसरमा वागमती नदिमा अम्बा लगायत विभिन्न जातका वोट बिरुवा रोपेर वृक्षारोपणसमेत गरिएको महाअभियानका अभियन्ता किशोरसिंह शाहीले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.