काभ्रेमा बैंक तथा वित्तिय सहकारी युनियन गठन

काभ्रे । आइतबार काभ्रेपलाञ्चोक जिल्लामा बैंक तथा वित्तिय सहकारी युनियन गठन गरिएको छ । बैंक तथा वित्तिय सहकारी युनियन केन्द्रिय महासचिव भैरव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट) अन्तर्गतको यस युनियनले वित्तीय क्षेत्रमा संलग्न कर्मचारीको हक, अधिकार संरक्षण लगायतको विषयमा वकालत गर्दै आएको छ ।

हिजो भएको भेलाले बैंक तथा वित्तिय सहकारी युनियन काभ्रेमा सन्तोष दाहालको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा राजाराम घोरसाइने, सचिव सुन्दर गौतम उप सचिव सरोज मानन्धर त्यसैगरि सदस्यहरुमा प्रमोद कुमार काफ्ले, रुपेश तिमल्सिना र अमित पराजुलीलाई चयन गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंक तथा वित्तिय सहकारी युनियन काभ्रेका नवनिर्वाचित अध्यक्ष सन्तोष दाहालले सहकारी तथा बैक क्षेत्रका कर्मचारीको मनोबल उच्च राख्न युनियन गठन गरिएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित उपाध्यक्ष राजाराम घोरसाइनेले बैंक तथा वित्तिय संस्था, बिमा लगायतका क्षेत्रमा कार्यरत कर्मचारी हक हितका विषयमा अब सशक्त रुपमा अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

यससँगै अहिलेको समयमा आर्थिक मन्दिको असर तल्लो तहका कर्मचारीसम्म देखिएको हुँदा कर्मचारीको सामाजिक सुरक्षा अब चुनौतीको रुपमा देखिएको घोरासैनीले बताउनुभयो ।

यही साउन महिनापछि संगठन विस्तारको काम र सांगठनिक कार्यक्रम तीव्रताका साथ अगाडि बढाउने उपाध्यक्ष घोरसाइनेले जानकारी दिनुभयो ।

सबै तह तप्काका कर्मचारीलाई जोडिएर सामाजिक न्यायको अभियानमा गोलबन्द हुन समेत आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.