काभ्रेली मोडल सबिन गौतमको अभिनय रहेको “तिम्रै यादमा” लोक गीत सार्वजनिक

काठमाडौं । सुन्दर मौलिक लोकदोहोरी गीत “तिम्रै यादमा ” सार्वजनिक भएको छ ।

केही दिन अघि सार्वजनिक गीतमा गायक रबिन्द्र कार्की, गायिका प्रतिमा अर्याल र जानुका सापकोटाले आवाज भरेका छन् । रबिन्द्र कार्कीको शब्द तथा कार्कीकै संगीतमा तयार भएको गीतलाई बिष्णु तामाङले एरेन्जर गरेका हुन् । गीतक शंकरा डिजिटल रेकर्डिङ स्टुडियो बागबजारमा रेकर्ड गरिएको हो ।

गीतकको भिडियोतर्फ सबिन गौतम, बिनिता दाहाल, सुनिल अर्याल को दमदार अभिनय देख्न सकिन्छ । सन्तोष तिमल्सिनाको कोरियोग्राफी रहेको उक्त गितको दृस्य कल्पेश बिस्वकर्माले सम्पादन गरेका हुन । गीतमा मुटु ग्रुपको निर्देशन रहेको छ । गीत मेनुका डिजिटल युटुब च्यानलको आधिकारिक युट्युब च्यानलबाट बजारमा आएको हो ।

गीतले दर्शक श्रोताहरुको मन जित्न सफल भएको मोडल गौतमले जानकारी दिए । गीत संगीत क्षेत्रमा निकै लामो समयदेखि निरन्तर लागिरहेको र कोभिडपछि केही समय निष्कृय रहेका मोडल गौतम अहिले गायक रबिन्द्र कार्कीको गीत “तिम्रो यादमा ” सहकार्य गर्न पुगेका हुन् । अहिले आफू व्यापारमा व्यस्त रहँदै आएको गौतमले जानकारी दिए ।

व्यापारमा ब्यस्त समयको बाबजुद पनि नेपाली गित संगीत लाई निकै माया गर्दै व्यापार र अभिनय लाई निरन्तरता दिदै आएको गीतमले बताए । नेपाली गीत संगीलाई माया साथ र सम्बर्धनमा लागिरहने गौतमले बताएका छन् ।

 

गीतको भिडियो हेर्नः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.