आज काभ्रेको बनेपा २ मा बम विस्फोट

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २ घिमिरे गाउँमा बम विस्फोट भएको छ । विस्फोट हुँदा स्थानिय मोहन वि क घाइते भएका छन् । नेपाली सेनाले अभ्यासका क्रममा मिस फायर भएको बम घरमा ल्याएर तताउँदा विस्फोट भएको अनुमान गरिएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको डिएसपी हरि खडिवडाले बताएका छन । विस्फोटमा परि भाईते भएका वि क को उपचारका लागि वि एण्ड वि अस्पाल लगिएको बताइएको छ ।

यस घटनाका सम्बन्धमा वडाध्यक्ष हरिशरण घिमिरे सँग सम्ँपर्क गर्दा आफु अहिले भक्तपुरमा रहेको बताएका छन । बम विस्फोट भएको अपुष्ट खबर सुनकोे तर गाउँमा सम्पर्क हुन नसक्दा थप कुराको जानकारि नभएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.