काभ्रेमा छ पत्रकार चुनाव लड्दै

बनेपा | काभ्रेका ६ जना पत्रकारले स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन् । स्थानिय तहको निर्वाचनमा गाउंपालिका अध्यक्ष, नगरपालिका उप—उप प्रमुख एवं वडा अध्यक्षहरुमा उम्मेदवारी दिएका छन् ।

स्थानिय तहको निर्वाचनमा रोशी गाउंपालिकाको अध्यक्षमा नेपाल पत्रकार महांसंघ काभे्र शाखाका पुर्व–कार्य समिति सदस्य एवं समाजसेवी दिनेश लामाले नेपाली कागे्रसको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन । उनले निकै लामो समयदेखी पत्रकारीता, रानीतिक साथै सामाजिक हितको खातिर निरन्तर अगाडी बढ्दै जाने क्रममा नेपाली काँगे्रस प्रतीनिधि सभा क्षेत्र नं १ को सभापतिको समेत जिम्मेवारी सम्हाल्दै आएका छन । पार्टीमा क्रियाशिलता बढेसंगै नैतिकताको आधारमा पत्रकार महांसंघको सदस्याता बाट आफै हट्नु भएको हो ।

स्थानिय तहको निर्वाचनको लागि पाँचखाल नगरपालिकामा उप—मेयर पदको लागि सुर्यमाया दनुवारले उम्मेदवारी दर्ता गराईन । विगत लामो समएदेखि रेडियो नमोबुद्धमा आवद्ध रहेर कार्य गर्दै आएकी दनुवार नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएको हो ।

स्थानीय तहको निर्वाचनको लागि जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १ को वडा अध्यक्षमा राम प्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन । पत्रकारितसँगै राजनितिक क्षेत्रमा पनि क्रियशिल रहेका ढकालले वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन ।
त्यसैगरी जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा पत्रकार मधुसुधन तिमिल्सनाले उम्मेदवारी दर्ता गराएका हुन । नेपाली काँग्रेसबाट गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षका लागि तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन । एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका तिमल्सिनाको वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा रहेको छ ।

त्यससैगरी लामो समएदेखि सामाजिक क्षेत्रमा सामाजिक कार्यका साथमा पत्रकारीता र राजनीतिलाई समेत निरन्तरता दिदै अगाडी बढ्नु भएका शुसिलराज गिरीले पाँचखाल वडा नं ५ को वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।

विगत लामो समएदेखी नेकपा एमालेमा आबद्ध गिरीले पार्टीले गर्दै आएको गतिबिधिमा चित्त नबुझेको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी प्राप्त भएको छ । गिरी एमाले निकट पे्रस चौतारी नेपालको जिल्ला सदस्य समेत रहनु भएको थियो । गिरीले उम्मेदवारी दर्ता गराउंदै गर्दा आफ्नो सामाजिक सञ्जाल मार्फत नेकपा एमाले साथै सो पार्टी निकट कुनै पनि भात्रि संस्थामा समेत नरहेको उल्लेख गरेको छ ।

त्यसैगरी भुम्लु गाउंपालिका वडा नं ६ मा वडा अध्यक्षको उम्मेदवारी दर्ता गराउनु भएको छ , सञ्चारकर्मी क्रान्ति लामाले । लामा लामो समयदेखी पत्रकारीतामा निरन्तर अगाडी बढ्दै राजनीतिक क्षेत्रमा समेत सक्रिय थिए । माओवादी विचारबाट अगाडी बढ्नुभएका लामा रेडियो क्रान्तिका संञ्चालक समेत हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.