रोशी गाउँपालिका अध्यक्ष डिबी लामाद्वारा पदबाट राजीनामा, कांग्रेस परित्यागको घोषणा

कटुञ्जेवेशी । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले गाउँपालिका अध्यक्ष पदसँगै नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् । लामाले गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेती समक्ष आफ्नो राजीनामा बुझाउनुभएको छ ।

गाउँपालिकाका सबै कर्मचारीहरु,  जनप्रतिनिधिहरुलाई धन्यवाद दिदै कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिदै पदबाट राजिनामा दिनु भएको छ । बैशाख ११ गते उम्मेदवारी दर्ताको दिन लामाले नेपाली काँग्रेसको कुनैपनि पदमा नरहने गरी पार्टीलाई राजिनामा बुझाउनु भएको थियो । राजिनामा घोषणामा अध्यक्ष लामा भावुक हुँदा सहभागि सबैका आँखा रसाएका थिए ।

अध्यक्ष लामा कार्यकालभर रोशी गाउँबासिहरु बिच लोकप्रिय रहनु भयो । पार्टीले दोश्रो पटक पालिकाको अध्यक्ष पदको उम्मेदवार नबनाए पछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रबाट आफै नेपाली काँग्रेस प्रवेश गर्नु भएका लामालाई नेपाली काँग्रेसले भर्खरै सम्पन्न महाधिबेशनमा कुनै पदमा जिम्मेवारी प्रदान गरेन ।

उहाँले उत्पादन गरेका थुप्रै कार्यकर्ताहरुले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरिरहँदा लामालाई पार्टीले वेवास्ता गरेको महसुस हुँदै आएको थियो ।

गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारीमा पुनः नदोहोऱ्याए पछि लामाले बैशाख ११ गते नै पार्टीबाट राजिनामा दिए पनि पार्टीले चासो राखेको थिएन । बैशाख २३ गते शुक्रबार कार्यालयमा कार्यरत सबै कर्मचारीहरु, शिक्षक तथा अन्य क्षेत्रका ब्यक्तिहरु, पुनः जनप्रतिनिधि हुन राजीनामा दिएका बाहेक अन्य जनप्रतिनिधिहरुको विशाल सहभागितामा कार्यकाल सफल बनाउन सहयोग पुऱ्याएकोमा धन्यवाद दिदै राजिनामाको घोषणा गर्नु भएको थियो । उहाँले राजीनामा उपाध्यक्ष लक्ष्मी बर्ताैला उप्रेतिलाई बुझाउनु भएको छ ।

‘अध्यक्ष लामाले कहिल्यै शासकको ब्यवहार देखाउनु भएन’–एक कर्मचारीले भन्नुभयो–‘उहाँ सधै जनता र हाम्रो सेवक बन्नु भयो ।’ लामाको राजिनामाले गठवन्धनलाई धक्का पुगेको जानकारहरू बताउछन् ।

रोशीमा नेपाली काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रलाई उपाध्यक्ष दिईएको छ । राप्रपा नेपालका जिल्ला अध्यक्ष सहित एमालेमा प्रवेश गरेकाले एमालेका अध्यक्ष पदका उम्मेद्वार देवसागर लामालाई  रोशीमा जित हाँसिल गर्न सहज भएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.