कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

बनेपा । बनेपामा केन्द्रिय कार्यालय भइ साञ्चालनमा रहेको युवा बचत तथा ऋण सहकारी लिमिटेडले संस्थाको २९ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

कार्यशालाको उद्घाटन बागमती प्रदेश सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, नेफस्कुनका तालिम प्रमुख गणेश प्रसाद तिमल्सिना, र नेफस्कुनका वरिष्ठ तालिम अधिर्कतले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन ले गर्नुभएको थियो ।

औपचारिक कार्यक्रम सञ्चालन पश्चात प्रशिक्षक प्रेम वाग्लेले कार्यशाला कार्यक्रम अगाडि बढाउनुभएको थियो । कार्यशालामा प्रशिक्षक वाग्लेले सहकारीका कमजोर पक्ष औल्याउँदै सुधार गर्नुपर्नेमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

निष्कर्षमा प्रशिक्षक वाग्लेले अहिलेको अवस्थामा सहकारीले सुधार गर्नुपर्ने पक्षको विषयमा जानकारी गराउनुभएको थियो । कार्यशाला गोष्ठी युवा साकोसका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.